Aamsanchar

झापाली गायिका निशुको दशैं गीत सार्वजनिक

Author Image
शनिवार, असोज २७, २०७५

झापा ।

झापाली गायिका निशु ढकालले नेपालीहरुको महान् चाड विजयादशमी (दशैं) को अवसर पारेर दशैं गीत सार्वजनिक गरेकी छन् ।

‘यो रमाइलो दशैं आयो’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा एरेन्ज नविन के. तिमल्सिनाको रहेको छ । गीतको भिडियो सुनिल शाहीले खिचेका हुन् । दशैंको अवसरमा सार्वजनिक यस गीत लाखौं नेपालीले मन पराउनेमा गायिका निशु विश्वस्त छिन् ।

‘दशैं हरेक नेपालीको लागि निकै महत्वपूर्ण चाड हो’, निशुले भनिन् ‘गीतको शब्द, संगीत निकै राम्रो छ, त्यसकारण यस गीतलाई दर्शक, श्रोताले मन पराउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’ संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील रहेकी छन् । यसभन्दा अघि पनि उनका गीत लोकप्रिय भइसकेका छन् ।

आगामी दिनमा दर्शक श्रोताको चाहना अनुसार गीत सार्वजनिक गर्ने उनको योजना छ । झापा बुद्धशान्ति ३ मा जन्मिएकी निशु सांगितिक यात्रालाई निरन्तरता दिन यतिवेला काठमाडौंमा प्रयासरत छिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)