Aamsanchar

कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधन

Author Image
शनिवार, असोज २७, २०७५

काठमाडौं,

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ।

बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार बास्तोलाको शनिबार साँझ ९ बजेर २० मिनेटमा सातदोबाटोस्थित निवासमा निधन भएको हो।

बास्तोलाको घरमा नेपाली कांग्रेसका नेता कार्यकर्ता र सुभेच्छुकको भीड लागेको छ।  बास्तोला २०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दागर्दै लडेका थिए।

उनलाई त्यतिबेला मस्तिष्कघात भएको थियो। मस्तिष्कघात भएपछि बास्तोलाको भारतको सिलिगुडी, मेदान्त अस्पताल गुडगाँव र काठमाडौंको न्युरो अस्पताल बाँसबारीमा उपचार गरिएको थियो।

तर, उपचार सम्भव नभएपछि बास्तोलालार्इ पछिल्लो समय घरमै चिकित्सकहरूको निगरानीमा राखिएको थियो-थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर