Aamsanchar

अस्पताललाई एम्बुलेन्स प्रदान

Author Image
आइतवार, असोज २८, २०७५

पाल्पा, 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सरकारबाट उपलब्ध गराइएको एम्बुलेन्स चापाकोट अस्पताल स्याङजालाई शनिबार एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।

उहाँले चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ तथा अस्पताल रहेको वडा नं ९ का वडाध्यक्ष शङ्करभक्त भण्डारीलाई संयुक्त रूपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले दुर्गम भेगका सर्वसाधारण नागरिकलाई अस्पतालसम्म पु¥याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्य गर्दै एम्बुलेन्सले चापाकोटका जनतालाई सहज सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दशँैको शुभकामना आदानप्रदानसँगै भएको कार्यक्रममा मन्त्री अर्यालले अव्यवस्थित रूपमा रहेका देशका विभिन्न स्थानको भूमि व्यवस्थापनका लागि पाल्पाको रामपुरबाट काम थालनी गर्ने बचन दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर