Aamsanchar

भुवन तामाङको म्युजिक भिडियो सार्वजनिक

Author Image
आइतवार, असोज २८, २०७५

झापा ।

डाँडा बजार जाउँ या माईबेनी मेलामा बोलको नयाँ नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

२०७५ सालको दशैँ तिहारको छेक पारेर यूटुबमा सार्वजनिक गरिएको यस म्यूजिक भिडियो दशैँ तिहारको कोशेली स्वरुप संगीतकला पस्किएको गीतका लेखक भुवन तामाङले बताए ।

झापा बुद्धशान्तिको गलान गाउँमा एक भेलाबीच असोज २७ गते साँझ यूटुबमा उक्त म्यूजिक भिडियो प्ले गर्दै सार्वजनिक गरिएको हो । बि क्रियसन इन्टरनेशनलले निर्माण गरेको यस गीतमा यूएन तामाङको स्वर र संगीत जोनि तामाङको रहेको छ ।

गीतमा दिब्या गलान, निशा मोक्तान, श्वेच्छा गलान र इन्दिराले नृत्य गरेका छन् । कोरियोग्राफ पेमा तामाङले गरेकी छिन् ।

भिडियोमा झापा र इलामको सिमाना जोरकलश, बुधबारे, जयपुर, बर्ने चिया बगान, धरान, इलाममा लाग्ने माईबेनी मेला, धनकुटा जिल्लाको पर्यटकिय स्थल डाँडाबजार, राजारानी, भेडेटार, धनकुटाबजार र हिलेको दृष्य समेटिएका छन् ।

आधुनिक गीत तथा पूर्वेली लोकगीतको मीठास सम्मिश्रण रहेको यो म्यूजिक भिडियो स्वदेश तथा विदेशमा नेपाली श्रोता तथा दर्शकहरुले मन पराउने आशा लिइएको गीत लेखक तामाङले बताए ।

एक दैनिक पत्रिकामा भुवन तामाङको दशैँ आयो साँइली भेटौँला डाँडाबजारमा शीर्षकको कथा प्रकाशित भएपछि डाँडाबजार धेरै पाठकहरुले डाँडाबजार शीर्षक मन पराएर प्रतिक्रिया दिएकाले डाँडाबजार नाम या शब्द या भावना लोकप्रिय हुने लागेर गीतको सुरुमा यही डाँडाबजार शब्दराखी म्यूजिक भिडियो तयार गरिएको तामाङले बताए ।

उनैको संकलन तथा लेखन रहेको जीतेन राईको स्वर रहेको सलल पानी बगेर झ¥यो दुई खोला दोभान लोक गीत नेपालको पूर्वी पहाडी भेगमा निकै लोकप्रिय रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)