Aamsanchar

प्रादेशिक संरचनाले स्थानीय तहको अधिकार कमजोर – सिंह

Author Image
सोमवार, असोज २९, २०७५

बिर्तामोड।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रादेशिक संरचनाले स्थानीय तहको अधिकारलाई कमजोर पार्ने काम गरिरहेको बताएका छन् ।

झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले भारतको ग्राण्ड डिजाइनमा आएको संघीयताले जनतालाई प्रत्यक्ष फाइदा नपुगेकाले संघीयता खारेज गर्नु पर्ने बताएका छन् ।

संसदमा आफूहरुको प्रतिनिधित्व न्यून भएपनि राष्ट्रिय जनमोर्चाले संविधान संशोधन प्रस्ताव लैजाने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न आफूहरुको भूमिका अहम रहने बताए । उनले भने –‘ गणतन्त्र कार्यान्वयन नभए राजतन्त्र फर्किन सक्छ यसतर्फ सवै सचेत हुन जरुरी छ ।

‘नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतीय जनता पार्टीले नेपालका नेताहरुलाई दबाब दिइरहेको छन् भन्दै उनले भने – ‘उनीहरु अझैंपनि राजतन्त्रकै लागि संघर्ष गरिरहेका छन् , जसले मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा आउन सक्छ । ’

संघीयता नेपालका ठूला दल र नेपाली जनताको माग नै नभएको बताउँदै उनले भने – ‘कांग्रेस र कम्युनिष्टहरुले संघीयताको कुरै उठएका थिएननन् । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई कम्युजिष्ट पार्टी नभएको बताउँदै दक्षिणपन्थी संगठनबादीहरुको एउटा संगठन मात्र भएको उनले टिप्पणी गरे ।

वर्तमान सरकारले जनताका माग पूरा गर्ने नसकेको बताउँदै उनले सरकारको गलत प्रवृतिको विरोध गर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)