Aamsanchar

सुमित पाठकको स्वागतमा, ३२ संस्थाले सुरुङ्गामा गरे साझा शुभकामना साँझ (फोटो फिचर)

Author Image
मङ्गलवार, असोज ३०, २०७५

सुरुङ्गा, असोज ३० । कनकाई नगरमा क्रियाशील ३२ वटा संस्थाको संयुक्त आयोजनामा दशैं शुभकामना साँझ सम्पन्न भएको छ ।
सोमवार साँझ कनकाई अतिथि सदनमा कनकाई उद्योग वाणिज्य संघ, सुरुङ्गा जेसीज, कनकाई सुरुङ्गा प्रेस क्लब, कनकाई छठ सेवा समाज, पाथीभरा मारवाडी सेवा समाज, कनकाई सामुदायिक वन समूह, सुकेडाँगी वन समूह, जामुनावारी वन समूह, प्रजापति वन समूह लगायत ३२ वटा सामाजिक संघसंस्थाको आयोजना र कनकाई नगरपालिकाको प्रमुख संरक्षकत्वमा भएको कनकाई नगरवासीवीचमा एकता र सहकार्य अभिवृद्धिमा थप टेवा पुग्ने गरी भएको कार्यक्रममा बडादशैं, शुभ दीपावली, नेपाल सम्बत् र छठ लगायतका नेपालीका चाडपर्वको शुभकामना आदानप्रदान गरिएको आयोजक कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन पब्लिक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले जानकारी दिए ।

कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व र झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य माननीय एलपी साँवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सोमु मुखिया, दुर्गा ओली, प्रज्ञा प्रधान, डेबिट शंकर, भानु ओली, प्रवीण प्रसाई लगायतका कलाकारले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत डान्स सेन्टर दमक, पूर्वाञ्चल कला केन्द्र सुरुङ्गा, सुरुङ्गा डान्स सेन्टर लगायतले नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रममा सुमित पाठक जिताऊ अभियानको मुख्य अभियन्ता सुनिल भेटवालको परिकल्पना र युवा सञ्चारकर्मी गौरव पोखरेलको संयोजन तथा स्वर रहेको सुमित पाठकको सम्बन्धमा तयार गरिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो

कार्यक्रममा नेपाल आइडल–२ का उत्कृष्ट ९ मा पर्ने उदयमान गायक सुमित पाठक, उनका बुबा संगीतकार ध्रुबप्रसाद पाठक, सुरुङ्गा डान्स सेन्टरका निर्देशक अमन गुप्ता, युवा अभियन्ता सुनिल भेटवाल लगायतको आतिथ्य रहेको कार्यक्रममा झापा क्षेत्र नं. ४ का प्रदेशसभा सदस्यद्वय हीराकुमार थापा र झलकसिंह दर्लामी (सन्देश), कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाई, यातायात व्यवसायी महासंघका राष्ट्रिय महासचिव सरोज सिटौला, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वन डिभिजन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सुमित पाठकलाई स्टेजमा आत्मिय स्वागत गर्दै कार्यक्रम संयोजक खेम ओली ।

कार्यक्रमका सबै वक्ता तथा गायकहरुले सुमित पाठकलाई नेपाल आइडल–२ को ताज पहिराउन भोट गर्न अपिल गरेका थिए । बन्द निषेधित शान्ति क्षेत्रको पहिचान बनाएको कनकाई नगरले कलाकारको भूमिको रुपमा राष्ट्रिय पहिचान बनाउने बताए । सुमित पूर्व क्षेत्रकै प्रतिभा भएकाले सबै पूर्वाञ्चलवासीको साथसहयोग रहनुपर्नेमा सबैको जोड थियो । ‘सुमितले दिए, अब दिने पालो पूर्वाञ्चलवासीको भएको’ सबैको भनाइ थियो । शुभकामना साँझका कार्यक्रम संयोजक एवम् कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाका अध्यक्ष ख्यामप्रसाद ओलीले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन सुरुङ्गा जेसीज वर्ष २०१८ का अध्यक्ष भीमप्रसाद भट्टराई र सांगीतिक कार्यक्रमको सञ्चालन युवा चलचित्रकर्मी राजेश घतानीले गरेका थिए ।

सुमित पाठकलाई नेपाल आईडल बनाउने अठोटका साथ शुभकामना मन्तव्य राख्ने वक्ताहरु ।

 एल.पी. साँवा : सांसद, प्रतिनिधिसभा 

हिरा थापा : सांसद, प्रदेश नं. १ 

 झलकसिंह दर्लामीः सांसद, प्रदेश नं. १ 

राजेन्द्रकुमार पोखरेल : प्रमुख, कनकाई नगरपालिका

मञ्जु प्रसाई : उपप्रमुख, कनकाई नगरपालिका

सरोज सिटौला : महासचिव, यातायात व्यवसायी महासंघ

कुमारमणी पोखरेल : अध्यक्ष, कनकाई उद्योग बाणिज्य संघ

भिमप्रसाद भट्टराई : अध्यक्ष, सुरुंगा जेसीज

सुमित पाठक : नेपाल आईडलका टप टेन प्रतिष्पर्दी

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 367

प्रतिक्रिया (०)