Aamsanchar

दुर्घटना न्यूनीकरण गर्न ७६ जिपको छत हटाइयो

Author Image
बुधवार, असोज ३१, २०७५

दार्चुला, 

जिल्लामा महाकाली लोकमार्ग र विभिन्न शाखा सडकमा सञ्चालनमा रहेका ७६ जिपको छत ट्राफिक प्रहरीले हटाउन लगाएको छ ।

चाडपर्वका बेला सडक दुर्घटना न्यूनीकरणको लागि भन्दै महाकाली लोकमार्ग तथा शाखा सडकमा सञ्चालनमा रहेका जिपको छत तथा पछाडिको सिट हटाइएको हो ।

यातायात कार्यालयबाट पाँच सिट पास भएका जिपले पछाडि र छतमा यात्रु बोक्न थालेपछि छत र पछाडिको सिट हटाउनुपरेको ट्राफिक प्रहरीका सहायक निरीक्षक धनसिंह नगारीले जानकारी दिनुभयो । उनीहरूलाई पाँच सिटमा मात्रै यात्रु बोक्न निर्देशन गरिएको छ ।

जिल्लाका कच्ची तथा साँघुरा सडकमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि विनापासका सिट हटाइएको प्रहरीले जनाएको छ । सवारी धनीले यातायात कार्यालयबाट पाँच सिटको मात्रै पास बनाउने तर १२ देखि २५ सम्म यात्रु बोक्न थालेपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्न विनापासका सिट हटाउन लगाइएको हो ।

साथै प्रहरीले यात्रु र गाडीको सुरक्षार्थ हरेक ठाउँमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । यात्रुलाई दशैँ, तिहारमा सुरक्षित यात्रा गर्न सहज होस् भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर