Aamsanchar

मोती छन्दकला पढ्दा…

Author Image
सोमवार, कार्तिक ५, २०७५

अमित संग्रौला

मान्छे मरेर जान्छ तर , सिर्जना कहिले मर्दैन ।मान्छेका भावना प्रकट गर्ने ठाउँ नै साहित्य हो।

भाषाको विकास सँगसँगै मान्छेका मनोभावहरु कलात्मक अभिब्यक्ति रूपमा व्यक्त गर्ने कुरा नै कविता बन्दछ ।यसको गति लय शब्द संयोजन ले गर्दा खेरि कविताहरु पढ्दा बाचिरहेको जस्तो जिवन्त बन्दछ।र साहित्यको अरु विधा भन्दा कविता पढ्दा अलिक रमाइलो पृथक लाग्दछ।जब मेरो हातमा मोती छन्दकला पर्यो । तेस्तो खासै केही छैन जस्तो मलाई लागिरहेको थियो ।

तर मोती छन्दकला भित्रका रचनाहरु पढ्दा खेरी अहिले मलाई भिन्न खालको उर्जा आइरहेको छ।मलाई राख्दैछ यति धेरै सम्म आफ्नो देशलाई माया गर्ने पनि रहेछन् ।भन्ने मलाई लागेको थिएन ।आफ्नो छातीभित्र देश राखेर कविता गजल गीतहरु लेखेको देखिन्छ ।जुन छन्दको परम्परा छ , त्यसलाई उजागर गर्न खोजिएको छ।छन्द भन्नु नै लय हो मिठास हो ।

नेपाली साहित्य विभिन्न बिधामा जडो गाडिरहेको छ ।कथा कविता निबन्ध प्रवन्ध समिक्षा जीवनी गीत लोकलय जस्ता विधामा फड्को मारिरहेको अवस्था छ।त्यसकारण छन्दोबन्द्द कविताहरु नेपाली साहित्यमा विकास होस भन्ने उदेश्यले मोती छन्दकला भाग चार प्रकाशित हुन थालेको हो भन्ने महसुस गर्न सकिन्छ ।

युवाकवि मोतिराम भट्टप्रती श्रद्धाभाव दर्शाउदै समस्यापुर्ती कविता संकलन प्रकाशन गर्ने उदेश्य बनाएर नेपाली साहित्यको छन्दोबन्दो कविताफाँटलाई अगाडी बढाउने लक्ष्य गरेर २०६४ मा समस्यापुर्ती भाग १ प्रकाशित हुन सफल भएको थियोे ।भाग १ मा मेची अञ्चलका मात्र ६१ जना भाग २ मा पुर्वअञ्चल र भारत लगायत गरेर १३६ जना स्रस्टालाई समेट्न सकेको थियोे ।

भाग ३ मा नेपाल भारत र विश्वभरिका १३८ जना सस्टालाई समेट्न सफल भयो । अहिले जुन समय छ छन्द कविताको महत्त्व दिनानुदिन बढिरहेको देख्न सकिन्छ ।कविताहरु सरसर्ती पढ्दा खेरी मोती छन्दकला भित्र प्राय गरेर देशप्रेम र राष्ट्रभावले ओतप्रोत भएको कविताहरु छन ।एउटै शिर्षक राखेर , एउटै शिर्षक भएका कविताहरु धेरै छन जस्तो कि अब देश बनोस् ।

आर्थिक सामाजिक राजनैतिकको चपेटामा परिरहेको बेला देशलाई अनन्त माया गरेर , सद्भावको भाव राखेर स्रस्टाहरुले सिर्जना गरेका छन ।आफ्नो देश बन्न नसकेको मा कबिहरुले गुनासो पोखेका छ्न ।कति कविताको भुकम्पको पिडामा छ।केही वर्ष अगाडि देश युद्धमा परिवर्तन भएको थियोे ।

देश परिवर्तनको नाराहरु धेरै लगाएका थिए ।तरपनि देश बन्न सकेको छैन ।थोरै मात्रामा परिवर्तन भएपनि अझैसम्म । देश बन्न नसकेको मा गुनासो पोखिरन्छ्न कवि लेखकहरु त्यो भएर हो मोति छन्दकला भित्र अब देश बनोस् भन्ने सबैको आग्रह छ ।शान्ति समृद्धिको कामना गर्दछ्न सस्टाहरु ।

कोही कोही छाती भित्र आफ्नो देश लिएर हिडिरहेका छन् ।कतै कतै सुन्दर प्रकृतिको चित्रण पनि देख्न सकिन्छ ।बुद्धको देश भएर पनि शान्ति छैन । शान्तिको खोजी गर्नु पर्दछ यहाँ ।कविता पढ्दा पढ्दै आमाहरु मन किन दुख्छ भन्ने देखाएको छ।सरकारले पनि देश विकास र समृद्धिको लागि केही गर्न सकेन । सरकार अहिले निदाएको छ ।

ब्युझिएर आफ्नो देशलाई हेर भन्ने सचेत गराएको छ ।सबै कविताहरु देशप्रेम छ देशभक्तिमा छ । छन्दको तरङ्ग आउछ ।सबै कविताहरु चित्तबुझ्दो छ ।मोती छन्दकला भित्र रहेका कविताहरु गीत गजल पढेर जुन मनमा उर्जा आइरहेको छ।प्राय गरेर देशभक्ति देशप्रेम कविताहरु मन पर्ने भएकाले । यसभित्र रहेका सबै कविताहरु मन परेको हो।सबै कविताहरुले मन छुन्छ।

हृदयलाई आनन्द बनाउछ ।यो तीन भागमा बाडिएको छ खण्ड क छन्द कविता खण्ड ख लोकलय गीत खण्ड ग गजल छुट्टाएको छ।विभिन्न छन्दमा कविताहरु लेखिएको छ।छन्दभित्र आफ्नै नियम छन , विधान छन सबैभन्दा त त्यो पाउनको लागी साधना र तपस्या चाहिन्छ ।

अत : त्यो विधामा लागेका कविमा गुणमा मात्र भएपनि आउछन् ।साहित्यले जीवन निर्माणको लागि सहयोग गर्दछ । त्यो भएर हाम्रो जुन सस्कृती छ त्यसलाई पनि बचाइ राख्नु पर्दछ ।

छन्दको परम्परालाई पनि बचाइराख्नु पर्दछ र त्यो भएर मोती छन्दकला पढ्नु पर्छ भन्ने आवस्यक मैले ठानेको छु।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर