Aamsanchar

तीन महिनापछि नेकपा प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत

Author Image
सोमवार, कार्तिक ५, २०७५

काठमाडौं,

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले नेपाल कम्युनिष्ट पार्टीको प्रवक्ता पदबाट दिएको राजीनामा तीन महिनापछि अस्वीकृत भएको छ ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले नेता श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा
अस्वीकृत गरेको हो ।

श्रेष्ठले डा.गोविन्द केसी अनसनमा रहेका बेला पार्टी नेतृत्वलाई जानकारी नदिई भेट्न गएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनुभएको थियो ।

प्रधानमन्त्री ओलीसँगको मतभेदपछि श्रेष्ठले गएको साउन ७ गते प्रवक्ता पदबाट राजीनामा दिनुभएको थियो ।

साउन ७ गते बसेको नेकपाको सचिवालय बैठकमा ओली र श्रेष्ठबीच विवाद भएको थियो । बैठकमै नेता श्रेष्ठले ‘तपाईँहरूको प्रवक्ता पद तपाईँहरु नै राख्नुहोस्’ भनेर राजीनामा दिएर बाहिरिनुभएको थियो ।

राजीनामा दिएको तीन महिनापछि नेता श्रेष्ठले दिएको राजीनामा सचिवालय बैठकले अस्वीकृत गर्ने निर्णय भएको बैठकपछि श्रेष्ठले जानकारी दिनुभयो ।

नेकपाको सचिवालय बैठक पुनः ७ गते बस्ने उहाँले बताउनुभयो ।-उज्यालो अनलाइनबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर