Aamsanchar

८ वर्ष झापा बसेका तिमल्सेना, के के गरे ? सनसनिपुर्ण खुलासा !

Author Image
मङ्गलवार, कार्तिक ६, २०७५

केशवराज भण्डारी/ झापा ।

को हुन् मेघनाथ तिमल्सेना ?

धौलागीरी अञ्चल, पर्वत जिल्ला, साविक रामजादेउराली गाविसमा बुबा स्व. गृहपती र आमा चन्द्रकला तिमल्सेनाको कोखबाट जेठो सन्तानको रुपमा २०२६ साल श्रावणमा जन्मनुभएका मेघनाथ तिमल्सेना अरुणोदय मा.वि गितानगर चितवनबाट एस.एल.सी उत्रिर्ण गरी उच्च शिक्षाका लागि त्रिभुवन विश्व विद्यालय अन्तर्गत चितवनकै कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट कृषि विषयमा स्नातक र स्नाकोत्तर उत्रिर्ण गरी २०५१ साल चैत्रबाट सहायकवाली संरक्षण अधिकृत भएर प्रथम पोष्टिङ झापा जिल्ला कृषिविकास कार्यालयबाट सेवा प्रारम्भगर्नु भएको थियो ।

तिमल्सेनाको सेवा प्रारम्भ, भ्रमण र सम्मान :

२०५२ सालमा झापामै कार्यरत रहेको वेलामा झापा चन्द्रगढी निवासी पिता रामप्रसाद भुर्तेल र माता रुद्रकुमारी भुर्तेलकी कान्छि सुपुत्री उर्मिला भुर्तेल सँग वैवाहिक बन्धनमा बाँधिनु भएका तिमल्सेना २ छोरीका धनी हुनुहुन्छ ।

२०५९ सालामा तत्कालिन जिल्ला कृषि विकास कार्यालय पर्सामा वालि संरक्षण अधिकृतको रुपमा सरुवा हुनु भएका तिमल्सेना २०६१ सालमा मकवानपुर अनि बाग्लुङ हुदै त्यस पछी प्रथम पटक वढुवा भएर वरिष्ठ बालि संरक्षण अधिकृतको रुपमा २०६६ साल देखि २०६८ साल सम्म जिल्ला कृषि विकास कार्यालय मुस्ताङको कार्यालय प्रमुखको भुमिका निर्वाह गर्नुभएको थियो ।

त्यसपछी २०६८ साल देखि २०६९ साल सम्म किम्बु नर्सरी ब्यवस्थापन केन्द्र चितवनमा बरिष्ठ रेशम खेती विकास अधिकृतको रुपमा रहनुभएको थियो । २०७१ सालमा पुनः झापा जिल्ला कृषिविकास कार्यलयमा वरिष्ठ कृषि विकास अधिकृत ( कार्यालय प्रमूख ) को जिम्मेवारी सम्हाल्नुभएका तिमल्सेना सोही अवधी भित्र थाइलेण्ड र भारतको कृषि क्रान्ति अवलोकन तथा अध्ययन भ्रमणका लागि सहभागी हुने अवसर प्राप्त गर्नुभएको थियो ।

त्यसपछि नेपाल फर्केर उहाँले देखेका र बुझेका कुराहरु क्रमश झापाली कृषि प्रणालीमा लागू गर्दै अगाडी वढ्नुभएको थियो । झापामा २ वर्षको कार्यकाल पुरा गरी, प्रजनन पिढी विज कोया श्रोत केन्द्र बन्दिपुर तनहुँमा बरिष्ठ रेशम खेती विकास अधिकृतको रुपमा सरुवा हुनु भएको थियो ।

सोहि कार्यालयमा दरबन्दी रहि काजमा २०७३ साल देखि २०७५ साल सम्म प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन बनियानी झापामा रहेर उत्कृष्ठ कार्यसम्पादन गर्नुभएका तिमल्ेसना नेपाल सरकारले संविधान दिवसको अवसर पारेर प्रवल जनसेवा श्री चतुर्थ वाट पनि सम्मानित हुनु भएको छ ।

२ वर्षमा प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनामा कार्यरत रहदा धान सुपरजोन कार्यक्रम सफल वनाउन एउटा मार्ग चित्र वनाउन सफल हुनुभएको छ । विभिन्न सरोकारवाला साथै लाइन एजेन्सीहरुको सहकार्यमा विविध गतिविधि सञ्चालन गर्न सफल तिमल्सेना हाल भने मैरी जोन चितवन सरुवा हुनु भएको छ ।

झापामा रहदा तिमल्सेनाले के–के गरे ?

राष्ट्रसेवक कर्मचारीको यात्रा झापाबाट सुरु गर्नुभएका तिमल्सेनाले पटक–पटक गरी ८ वर्ष बिताउनुभएको छ ।

झापामा प्रथम पटक २०५४ सालमा आइपिएम कृषक पाठशाला सञ्चालनको सुरुवात गराउदै नवीन कार्यमा अग्रसर तिमल्सेनाले जिल्ला सिंचाइ डिभिजन कार्यालय झापाका प्रमुूख इश्वरीप्रसाद तिवारीको अग्रसरतामा नेपालमै पहिलोपल्ट उत्कृष्ठ सिंचाइसोलार सिंचाइ प्रविधी भित्र्याउन सफल हुनुभएको छ ।

त्यसैगरी माटोको दिगो ब्यवस्थापनका लागि विविध गतिविधिका साथै नयाँ जातका धानको खेती प्रवर्धन, माटो सुधारका लागि हरियोमल र कृषि चुनको प्रयोगको सुरुवात समेत तिमल्सेनालेनै गर्नुभएको थियो । वातावरण मैत्री रोग किरा ब्यवस्थापनका लागी मेची अञ्चलमै पहिलो पटक झापाको कमल गाउँपालिकामा जैविक विषादी उत्पादन प्रयोगशालाको स्थापना र सञ्चालनगर्न कृषि सहकारी लाई प्रेरित गरी कार्यसम्पन्न गर्नमा महत्वपुर्ण योगदान पुर्याउनु भएको छ । प्रंगारीक मल उत्पादन केन्द्रको स्थापना र सञ्चालनका लागि समेत तिमल्सेनाको उत्तिकै सहरानिय भुमिका रहेको छ ।

कमल गाउँपालिकामा सञ्चालित कृषि प्राविधिक शिक्षालयको क्षमता सुधार र पुर्वाधार विकासका लागि समेत विषेश पहल कदमी गर्नुभएका तिमल्ेसनाले कृषिमा नविनतम मेसिनरी प्रविधिको प्रयोग वाट कृषक समूह, सहकारी र उद्यमी कृषकहरु मार्फत कम लागतमा धान उत्पादन प्रविधि परिक्षण र विस्तारमा समेत तिमल्सेनाको अतुलनिय योगदान रहेको देखिन्छ ।

आधुनिक मेसिन तथा उपकरणहरुमा ड्रमसिडर, सिड ड्रल, राइस ट्रान्सप्लान्टर मेसिन, मेसिन वाटै युरिया डिएपी खेतमा छर्न मिल्ने मेसिन, धान काट्ने रिपर, गोड्ने विडर लगायतका मेसिन उपकरण झापा जिल्लामा भित्र्याई कृषक, कृषक समूह, सहकारी, गैरसरकारी संघसंस्था, निजि साझेदारी उद्योगी ब्यवसायिहरु सँग सहकार्य गर्दै झापाली कृषि प्रणली ब्यवस्थित र दिगो वनाउन कृषि यान्त्रिकिकरणमा महत्वपुर्ण योगदान पुर्याउन सफल वरिष्ठ कृषि अधिकृत तिमल्सेनालाई झापाबाट विदाइ गर्दा धेरै कृषकहरु स्तब्ध बनेका थिए ।


तिमल्सेनालाई झापामा कस्को के आरोप छ त ? ( प्रत्यक्ष फेन मार्फत लिएका प्रतिकृया समावेस )

डिल्लिराज नेपाल, कृषक, कचनकवल–६ वनियानी, झापा

मेघनाथ तिमल्सेना २ वर्ष यस क्षेत्रमा रहनुभयो । हरेक कृषककाबीच फेमिलर हुनुभयो । मानिस सवै सँग राम्रा गुणै गुण त हुदैनन मान्छे भएकामा केहि अवगुण पनि हुन्छन तर समग्रमा उहाँ ठिक हुनुहुन्थ्यो, असल हुनुहुन्थ्यो ।

किसानको कुरा बुझ्ने खालको हुनुहुन्थ्यो । पछिल्लो समयमा उहाँले कृषि क्रान्ति ल्याउनुभयो । किसानले माटोलाई चाहिने सवै तत्वपुर्याउन सकेका रहेनछन् हामी पनि त्यसै गरिरहेका रहेछौँ । उहाँले माटोको उपचार गर्न पनि सिकाउनुभयो । हामीले कृषि चुन पनि प्रयोग गर्यौँ र नयाँ प्रविधिवाट पनि खेती गर्यौँ ।

तर दुःखको कुरा चाहिँ के हो भने असारमा रोपिएको धान पाक्ने समय सम्म उहाँ रहनु भएको भए राम्रो हुन्थ्यो हाल दक्षिणी क्षेत्रका सवै ठाउँमा त्यो धान धमाधम मर्ने एक किसिमको रोग देखा पर्न थालेको छ त्यसमा उहाँ चाँही कृषकसँग धेरै फेमिलियर भएका कारण सोझै उहाँसँग कुरा गर्न सम्भव थियो त्यसैले अहिले त्यसको चाहीँ अभाव खड्किएको छ ।

चिन्तामणी खरेल, कचनकवल–६, धान सुपरजोन परियोजना झापा उपाध्यक्ष ,

मेघनाथ तिमल्सेना सुपरजोनमा आइसकेपछी उहाँले म जागिर खान आएको भन्ने धारणा राख्नु भएन, हामीले के सहयोग गर्दा चाहिँ ब्यवसायिक रुपमा धान खेती गर्न सक्छन ? आय आर्जन गर्न सक्छन्, उनीहरुलाई के सहयोग गर्दा कार्यक्रम सफल वन्न सक्छ भन्ने सोच्नु हुन्थ्यो ।

विहान जुरुक्क उठेर किसानका खेतमा पुग्ने, किसानले धान रोपीसकेपछी त्यहाँ रोग लागेको किरा लागेको अवलोकन गरी सम्वन्धित कृषक भन्दा पहिला खेतमा पुगेर किरा मार्ने, कृषकको खेत खेतमा पुगेर बोलाएर किसानलाई समयमै खेतमा आउनु है म आउदैछु भनि त्यस क्षेत्रको समस्या समाधानका लागि सल्लाह सुझाव दिदै, मल खादको उचित प्रयोगका लागि सल्लाह दिने, माटो तयारी देखि गुणस्तरीय विउ लगाउन किसानको घर घरमा गएर उहाँले सल्लाह दिने गर्नुहुन्थ्यो उहाँ मेरै खेतिमा पनि त्यसरीनै जानुभयो ।

अधिकृत तथा हाकिम भएर टेवलमा वसेर दिन कहिल्यै विताउनु भएन उहाँले विहान उठ्ने वित्तिकै किसानको घरमा पुग्नु हुन्थ्यो किसानले चिया खाउँ भन्दा पनि होइन म चिया खान आएको होइन तपाइको खेती हेर्न आएको भन्नुहुन्थ्यो ।

किसानहरु हर्षित थिए यस्तो हाकिम चाहिँ यहाँ आइदिए देखि कृषकहरुले खेती गर्न जाँगर चलाउँथे ।

टंक प्रसाद कट्टेल, कमल गाउँपालिका, सिनियर आइपिएम टेक्निसियन

मेघनाथ तिमल्सेना सर विषेशगरी कृषि क्षेत्रको मार्गदर्शक हुनुहुन्छ । उहाँकै कारण झापाली कृषकहरु एउटा तह पार भएका छन् ।

उहाँको कारणले धेरै कृषकहरुको आँखा खुलेको छ । उहाँको कारणवाट हिजो कृषकहरु ब्यवसायिक वन्दै हुनुहुन्थ्यो आज उद्यमी वन्न सफल हुनुभएको छ ।

बेधनिधी भट्टराई, कृषक, कचनकवल

मेघनाथ तिमल्सेना अत्यनत कर्मशिल ब्यक्तित्व हुनुहुन्छ । म एउटा किसानको छोरो भए पनि मैले २० वर्ष देखि खेती गर्न छाडिसकेको थिएँ ।

मेघनाथ सर आउनुभयो उहाँले झक्झक्याउनु भयो त्यस पछी मैले पनि खेती गर्न सूरु गरेँ । उहाँले यस ठाउँमा वसेर अत्यन्तै धेरै दुःख गर्नु भएको छ । उहाँ अत्यन्तै कर्मशिल लगनशिल ब्यक्ति हुनुहुन्छ ।

राजेन्द्र प्रसाद खरेल, प्रमूख, प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना, सुपारी जोन झापा

मेघनाथ तिमल्सेना सरसँग पहिला पनि जिल्ला कृषि विकास कार्यालय झापामा रहेर लगभग ६ वर्ष सँगै काम गर्यौँ ।

उहाँ अत्यन्तै मिनलसार, परिश्रमी र केही गर्नै पर्छ कृषि विकासका लागि भनेर अहोरात्र खट्ने हुनुहुन्थ्यो । उहाँले झापा वस्दा झापाली कृषकका लागी देखिने तथा नदेखिने प्रकृतिका धेरै राम्रा कामहरु सम्पादन गर्नु भएको छ । हाम्रो सम्पुर्ण कृषिको परिवार सँग कहिल्यैपनि नराम्रो भएन उहाँको ।

उच्च मनोवलका साथ काम गर्नु पर्छ भन्ने उहाँको भावना छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना धान सुपरजोन झापामा रहदा पनि उहाँले धेरै राम्रा कामहरुको थालनी गरेर जानु भएको छ । त्यहाँका जनताको भनाइ अनुसार पनि उहाँले धेरै राम्रा कामहरु गर्नु भएको छ ।

उप सचिव स्तरको मानिस हिलोमा पसेर किसानहरु सँग सदैव सुख दुःखमा साथ दिने उहाँको कार्य शैली अत्यन्त अनुकरणीय रहेको छ । उहाँ सुपरजोनमा रहदा पनि सम्पुर्ण झापाली कृषक तथा कृषि कर्मीहरुलाई उत्प्रेरणा र जाँगर दिने कामहरु गरिरहनुभयो ।

सोमनाथ पोर्तेल, प्रमुख, जिसस, झापा

मेघनाथ सर चाँही एउटा उत्कृष्ठ कर्मचारीको रुपमा मैले उहाँलाई चिन्छु । झापामा पहिलो पटक धानको सुपरजोन स्थापनाभयो र यसलाई स्थापित गर्ने र कार्यक्रम प्रभावकारी वनाउने मामिलामा उहाँको अत्यन्त ठुलो मिहेनत रहयो ।

उहाँको ठाउँमा जो कोही अरु कर्मचारी भएको भए धानको सुपरजोन यति छोटो समयमा जुन ढंगले विकास र विस्तर भयो त्यो संभव थिएन । उहाँलाइ जतिसुकै वेला जहाँ भेटिदा पनि आफ्नो काम प्रति सदैव चिन्तित र तल्लिन भएको स्थितीमा भेटिनुहुन्थ्यो ।

उहाँ सुपरजोनमा कार्यरत रहदा किसान सरहनै आफुलाइ समाहित गरेर अगाडी वढ्नु भएको थियो । उहाँ अहिले चितवनको मौरी जोनमा सरुवा भएर जानु भएको छ उहाँलाई कार्यसफलताको सुभकामना दिन चाहन्छु ।

जनकराज दाहाल, प्रमुख जिल्ला अधिकारी, झापा

म झापा जिल्लामा आएको करिव ६ महिना भयो । म सँगको प्रत्यक्ष संपर्कमा रहेर मेघनाथ तिमल्सेनाले ५ महिना मात्र काम गर्नुभयो । उहाँ एउटा काम गर्ने कर्मशिल मान्छे जस्तो लाग्यो ।

उहाँले गरेका हरेक कामहरु सोहि क्षेत्रमा गएर बुझियो उहाँले अत्यन्त राम्रो सँग कार्य सम्पादन गरेको हाम्रो बुझाइ रहयो । उहाँ आफ्नो स्वार्थ नभएको प्रष्ट कामकारी मान्छे हुनुहुन्थ्यो । सुपरजोनमा उहाँले पुर्याउनु भएको योगदानका वारेमा कृषकहरु स्वयमले पनि खुलेरै प्रशंसा गरेको पाएँ ।

हामीले त्यसठाउँ लगायत झापाका विभिन्न ठाउँमा गएर वुझ्दा उहाँले अत्यन्त राम्रो सँग कृषि विकासका गतिविधिहरु अगाडि वढाउनु भएको पाए पछि त्यहि आधारमा यस वर्ष नेपाल सरकारले प्रदान गर्ने प्रवल जनसेवा श्री चतुर्थ पदक वाट विभुषितका लागि सिफारिस गरेका थियौँ उहाँ विभुषित पनि हुनुभएको छ । हामी अत्यन्त खुसी भएका छौँ । हामीले असल मान्छे छान्न सक्यौँ । पछिल्लो समयमा उहाँको प्रशंसा गर्दा गर्दै पनि उहाँ सरुवा भएर जानुभएको छ ।

विषेश गरेर कृषि प्राविधिकको भुमिकामा उहाँले झापाली कृषकका लागि अत्यन्त राम्रो गरी कार्य सम्पादन गर्नुभएको रहेछ । उहाँ कार्यरत रहेको क्षेत्रका कृषकहरु उहाँको सरुवा प्रति सन्तुष्ट नभएको पाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)

सम्बन्धित खबर