Aamsanchar

बालिका करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ६, २०७५

पाँचथर ,

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा एक युवक पक्राउ परेका छन् ।

हिलिहाङ गाउँपालिका–७, का २८ वर्षीय रमेश तामाङलाई बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय १५ वर्षीय बालिकालाई आइतबार राति ललाई–फकाइ जङगलमा लगेर करणी गरेको पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

जोरपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 336

प्रतिक्रिया (०)

सम्बन्धित खबर