Aamsanchar

काठमाडौंमा विद्युत्तीय बस सञ्चालनमा

Author Image
मङ्गलवार, कार्तिक ६, २०७५

काठमाडौं ।

साझा यातायात प्रालिले काठमाडौंमा विद्युत्तीय बस सेवा शुरू गरेको छ ।विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका साथ ५ वटा विद्युत्तीय बस सञ्चालनमा ल्याएको साझा प्रालिले जनाएको छ ।

विद्युत्तीय बसहरु चिनियाँ कम्पनीले निर्माण गरेका हुन् । साझाको व्यवस्थापनमा रहने ती बसहरु खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

चालकसहित २० सिटको क्षमताका ती बसहरुमा सीसी क्यामेरा जडान गरिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर