Aamsanchar

धामीझाँक्रीलाई अध्ययन भ्रमण

Author Image
मङ्गलवार, कार्तिक ६, २०७५

बाजुरा,

पुरानो चिन्तन भएका धामीझाँक्रीका लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण तय गरेको छ ।

धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउन भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गरिने बताइएको छ ।

सामाजिक सचेतना दिलाउन, मानसिक रूपमै सकारात्मक सोचको विकास गराउन र बाह्य संस्कृतिको विकासबारे जानकारी दिन भ्रमण गराउन लागिएको वडाका उपाध्यक्ष सीता थापाले बताउनुभयो ।

भ्रमण यही कात्तिक १४ गतेसम्म हुने बताइएको छ । छ वडाका दुई दुई धामीझाँक्री तथा एक एक जनप्रतिनिधिसहित कर्मचारी टोलीमा सहभागी छन् । पहिलो चरणमा ४ महिला र १८ पुरुष गरी २२ जना भ्रमणमा सहभागी छन् ।

गौमूल गाउँपालिकाले यसअघि मेमोरी किङ मानिने अर्पण शर्मालाई बोलाएर प्रशिक्षण सञ्चालन गरेको थियो ।

समाजमा रहेको छाउ कुप्रथा, बालविवाह, बहुविवाह, धार्मिक तथा सांस्कृतिक आस्थालाई अन्त्य गर्नु पहिलो चुनौती भएकाले त्यसका लागि अवलोकन भ्रमणले सकारात्मक उपलब्धि हासिल हुने विश्वास गाउँपालिकाले लिएको छ । टोलीको भ्रमण खर्च गाउँपालिकाले नै व्यहोर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर