Aamsanchar

टीका थाप्न मामाघर गएका भान्जाले नै चोरी गरेपछि…

Author Image
मङ्गलवार, कार्तिक ६, २०७५

बिर्तामोड,

झापाको कन्काई नगरपालिका–९ स्थित चोरी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

स्थानीय रुद्र बहादुर बोहराको पसलमा चोरी गरेको भन्दै झापा शिवसताक्षी नगरपालिका–६ का अनिस प्रसाईलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाका अनुसार बोहराको उजुरीपछि खोजतलास गर्दा प्रसाईलाई पक्राउ गरिएको हो ।

बोहरा र प्रसाई नातामा मामा–भान्जा हुन् । बोहराको घरमा टीका लगाएर राती सुतेका प्रसाई बिहान कोठामा नभेटेपछि शंका लागेर खोजतलास गर्ने क्रममा कन्काई नगरपालिका–९ बस्ने भीम उप्रेतीको घरमा चोरी गरेका सामान सहित फेला पारिएको प्रहरीले बताएको छ ।

प्रसाईले सोमबार साँझ बोहराले संचालन गर्दै आएको पसलको सटर फोडी नगद २९ हजार ७५ रुपैयाँ, मोबाईल २ थान, क्यामेरा, सिमकार्ड, रिचार्ज कार्ड, पेनड्राईभ, गुड्खा, चुरोट लगायतका सामान चोरी गरी फरार भएका थिए ।

पक्राउ परेका प्रसाईलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय घैलाडुब्बाले जनाएको छ ।-annapurna post

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर