Aamsanchar

बरण्डाबाट खसेपछि…

Author Image
शनिवार, जेठ १, २०७३

hatya-1
झापा

झापाको शनि–अर्जुन नगरपालिकामा घरको बरण्डाबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
शनि–अर्जुन नगरापलिका ५ स्थित गंगा पराजुलीको घरमा भारत आसामबाट आाखा उपचार गराउन छोरीसंग आएकी उनकी फुपु ७९ वर्षीया पद्मादेवी पराजुलीको शुक्रबार बरण्डाबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।
तीन तलामाथी बरण्डामा सुतिरहेकी बृद्धा उठेर हिड्नेक्रममा अचानक बरण्डाबाट लडेर घाइते भएकी थिईन । उनलाई वीएण्डसी अस्पताल बिर्तामोड ल्याइएपनि राती साढे १० बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर