Aamsanchar

चक्रको चर्चा

Author Image
शनिवार, कार्तिक १०, २०७५

राजेन्द्र गौतम / झापा,


उनलार्ई सम्झदैँ गर्दा कसैले भने, मिलनसार थिए । कसैले भने घम्साघम्सी पनि पथ्र्यो । यो, चक्र बाँस्तोलाको परिचय होइन । नेपाली प्रजातान्त्रिक आन्दोलनका ति साहसिक व्यक्ति पनि हुन् ।

कहिले काहीँ मान्छेले हार्दै गर्दा ऊ निरीह बन्छ । तर, चक्र त्यस्त थिएनन् । किनकि, उनी ६ वर्ष २ महिना कोमामा बसे । भाउजु कुसुम आदर्श महिला भइन् कि भइनन् ? तर, चक्र अहिले बिरामी परेजस्तो अवस्थामा राख्ने महान् आमा वा श्रीमती (नाताले फरक पर्ला) यति परिचय कुसुम भाउजुका लागि काफी छैन ।

जीवन संघर्ष हो । चक्रले गोठगाउँमा ढलेपछि जीवन त्यहीँ हारे । राजनीतिमा हारेनन् । तर, चीनले पठाइदिएको हतियार भारतलाई सुँइकोसम्म नदिइ बंगलादेश पु¥याइदिने बाँस्तोला झापामा तीन चोटी चुनाव लड्दा अपमानित भए वा सम्मानित भए, कांग्रेसले बुझ्न जरुरी छ ।

चक्रलाई नबुझ्ने कांग्रेस होइन, अनि कांग्रेसी हुन पनि सक्दैन । बाँस्तोला लोकतान्त्रिक आन्दोलनका योद्धा थिएनन्, वीपीका सहयात्री थिए । नेपालमा विमान अपहरण गर्ने तागत कसैले राख्थ्यो भने, कि बाँस्तोलाले राखे । अब फेरि परिस्थिति आयो भने दुर्गा सुवेदीहरु ज्युँदै छन् ।

हामी यतिबेला पढ्दै छौँ ‘विमान अपहरण’ । यो शब्द अपुग छ, त्यसैले कांग्रेसले पढ्नु पर्छ । वीपीले लेखेका हरेक किताबमा चक्र बाँस्तोलाको नाम छ । मैले जेल जर्नेल पढिनँ । न आमा,बुबा र छोरा । सुम्मिना अर्कै कुरा थियो । बाँस्तोला त्यहाँ छुटेछन् । दुर्गा सुवेदीले विमान अपहरणमा गज्जव सम्झेका छन्,त्यही पढे हुन्छ ।

वीपी महान् मान्नेहरुले चक्रलाई झापामा जोडिदिए हुन्छ । विश्वप्रकास, तिमी मोनालिसाको कुनै कथा नसम्झ र संगीत पनि नभर ! तर, एक पटक सम्झ तिम्रो झापा मेरा प्रधानमन्त्रीको पनि झापा हो । हार र जीत दुवैसँग बराबर छ । बाँस्तोलाले तीनचोटी चुनाव लडे, हार र जीत तिमी नै छुट्याऊ ।

तर, कनकाईको डिलमा लगेर बिजुलीको पोल गाड्ने मान्छे न केपी थिए, न विश्व । केपीले पनि चुनाव हारे । विश्वदीप लिङ्देन (सुरेश) अहिले पनि कांग्रेसमा छन् । चक्रले हार्नुको पछाडी न केपी थिए न विश्वदीप । लोकतान्त्रिक पद्धतिलाई अनुसरण गर्नेहरु चुनावमा हार्नुलाई अनुभव मान्छन् । चक्रले त्यही माने ।

यति भनेँ, पङ्तिकारलाई अरु लेख्नु पनि थिएन । तर, झापामा चक्रलाई सम्झने प्रयत्न गरियो,भइरहेको छ  । अल्प सम्झाई, आश गरेकाहरु कम बोल्छन् । किनकि, बोल्नुको पछाडी वेदना थियो । रुवाउनु कसैलाई पनि थिएन । डिल्ली सिटौलाले भने, ‘चक्रलाई सम्झने हो भने मैले होइन उनको योगदानलाई बुझ्नु पर्छ ।’ विश्वले चक्रलाई सम्झेर आलेख नै लेखे ।

मान्छेले हार्दै गर्दा पृथक धार बनाउँदो रहेछ । चक्रले उतरार्धमा त्यही गरे । भीमबहादुर तामाङलाई कांग्रेसको सभापति लडाए । हारे वा जीते, त्यो मत थियो, मन थिएन । सिटौलाले त्यहीनेर थपे, ‘चक्र बाँस्तोलाको परिचय यति नै हो ।’

दुईचोटी चुनावको सहयात्री बनेका देउमान थेवे अलिक आक्रोसित बने । तर, सालिनतापूर्वक भने, ‘चक्र दाई बहुत रिसाउन जान्नु हुन्थ्यो, हुन्छ भने हुन्छ भन्ने हुँदैन भने हुँदैन भन्ने, गर्दा हुन्छ भने गर्छु भन्ने, यही हो दाईको परिचय ।’

हामीले घम्साघम्सी ग¥यौँ, चुनावमा हार जीत पनि भयो । तर, चक्र दाई चुनावमा हारे पनि विचारमा हार्नु भएन । थेवेको यो कथन र सिटौलाको अभिव्यक्तिले कि शर्मा जित्दैनन्, कि केपी हार्दैनन् । उहाँँहरुलाई सोधे पुग्छ , यसको जवाफ । अधिकांसको मत छ, ‘चक्र महान थिए ।’

चक्र महान थिएनन्, आदर्श थिए । त्यसैले उनी परराष्ट्रमन्त्री बने । कृषिमन्त्रीको जिम्मेवारी पनि समाले । भारतीय राजदुत बन्नु उनका लागि चानचुने विषय नै थिएन ।

किनकि, उनै हुन्,विराटनगरबाट विमान अपहरण गरेर भारतको फारविसगञ्ज पु¥याउने । यति भए कोशीको तिरमा कोही भौँतारिनु पर्दैन । किनभने, विराटनगरबाट फारविसगञ्ज ३० किमीको दुरीमा छ, विमान त्यो बेला कति समयमा त्यहाँ पुग्यो ? चक्रको आत्मालाई सोधे हुन्छ ।

चक्रको तस्वीरमा अविर र माला चढाएर कुसुमलाई नदुखाए कसो होला कांग्रेसी ? विट मार्दै गर्दा चन्द्रडाँगीमा फर्ममा मैल भेटेका चक्रलाई अरुले चर्चा गरेपनि नगरेपनि झापामा एउटा सेवक होइन कांग्रेसमा इमान्दारिता देखाउने नेता थिए चक्र भन्दा फरक पर्ला र ! खोजीको विषय बाँकी छ । चक्रले मुलुकलाई यहाँसम्म ल्याउन गिरिजाप्रसाद र पुष्पकमललाई भेट गराउन के गरेनन् ?

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर