Aamsanchar

छठ पुजा लगाउन कनकाईमा अन्तरक्रिया

Author Image
आइतवार, कार्तिक ११, २०७५

चारपाने, कार्तिक ११ । झापाको कनकाई नगरपालिका सुरुंगामा रहेको कनकाई छठ सेवा समाजले आज स्थानिय संघसंस्थाका नेतृत्य विच छैठ पुजा लगाउने विषयमा अन्तरक्रिया गरेको छ ।

कनकाई छठ सेवा समाजका अध्यक्ष पवन साहको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रदेश सांसद हिरा थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

समाजले पुजा आयोजनाकालागि विभिन्न कार्यक्रम समेत सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रममा कार्तिक ११ गते देखि २८ गते सम्म प्रचारप्रसार, २५ गते सरसफाई, २६ गते खर्ना पुजा, २७ गते झा“की सहितको शान्ति र्याली र सोही दिन २ बजे कनकाई माईको पूर्वी तटमा औपचारिक पुजा उद्घाटन गर्ने साथै त्यही दिन रात्री जागरण कार्यक्रम गर्ने लयातका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

साँमकालिन छठ पुजा उत्सवलाई भव्य बनाउन विभिन्न विद्युतिय उपकरण जडान गर्ने र जागरण समयमा देशका विभिन्न चर्चित कलाकारको प्रस्तुतीहरु रहने अध्यक्ष साहले बताए । कार्यक्रममा हाँस्य कलाकारहरु शिवशंकर रिजाल (जोगेन्द्र पानवाला), सुरेन्द्र केसी (मुलाको साग), गायक प्रेम आ·देम्वे, प्रज्ञा प्रधान र चर्चित कार्यक्रम प्रस्तोता एवं गायक राजेश घतानीको प्रस्तुती रहने बताईएको छ ।

धार्मिक कार्यलाई थप आर्कषण दिन आरके स्टार सुनसरीको टोलीको प्रस्तुतीमा भजन संध्या र माधव भेटुवालको टोलीले झाँकी कला देखाउने समाजका वरिष्ठ उपाध्यक्ष शंकर महासेठले जानकारी दिए ।

विगतका बर्षहरुमा पनि जिल्लामै उत्कृष्ठ पुजा व्यवस्थापन गर्दै आएको कनकाई छठ सेवा समाजले यस बर्ष अझा उच्च व्यवस्थापनमा पुजाको आयोजना गर्न संस्थाका महासचिव खगेन्द्र महतोको संयोजकत्वमा ३१ सदस्य मुल आयोजक समित गठन गरिसकेको छ । त्यसै गरि विभिन्न कार्य विभाजन सहितको १८ उपसमिति पनि गठन गरेको छ समाजले ।

अन्तरक्रियामा कनकाई नगरपालिका वडा नं. ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई सामुदायिक बनका अध्यक्ष खेम ओली, प्रहरी चौकी सुरुंगाका इन्चार्ज एचके सिंह, सुरुंगा जेसीजका पूर्व अध्यक्ष शिव कडेल, राप्रपा कनकाईका अध्यक्ष ज्योती उप्रेती, शिक्षा सेवी नवल किशोर दत्त, लायन्स क्लव सुरुंगाका संस्थापक अध्यक्ष लिला चिमरिया, अन्तरास्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेल, कनकाई सुरुंगा प्रेस क्लवका अध्यक्ष राम निरौला लगायतले कनकाई छठ पुजा भव्य र सव्भ्य बनाउन सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालक समाजका सचिव दिपेन्द्र प्रधानले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर