Aamsanchar

प्रयोगशाला सेवा सञ्चालन

Author Image
आइतवार, कार्तिक ११, २०७५

बैतडी, 

दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको छ । आर्थिक समस्याका कारण २०६९ सालदेखि बन्द रहेको प्रयोगशाला सेवा पुनः सञ्चालनमा आएको हो । सो सेवा सञ्चालनका लागि दोगडाकेदार गाउँपालिकाले रु ६ लाख सहयोग गरेको सो गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो ।

विसं २०६९ मा निजी स्रोतबाट सञ्चालन भएको प्रयोगशाला सेवा वर्षदिन नबित्दै बन्द भएको थियो । निजी स्रोतबाट सञ्चालनमा आएको सो सेवा आर्थिक अभावमा बन्द भएको हो । सेवा सञ्चालन भएपछि रगत, खकार, दिसा, पिसाबलगायत जाँच गर्न सर्वसाधारण सदरमुकाम तथा भारतीय शहर झुलाघाट र पिथौरागढ जानुपर्ने बाध्यता हटेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिकाका अन्य स्वास्थ्य चौकीमा प्रयोगशाला आगामी दिनमा सञ्चालनमा आउने सो गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । विषेश गरेर गर्भवती महिला तथा अन्य रोगको पहिचान गर्नका लागि सहज हुने उहाँको भनाइ छ । श्रीकोटमा प्रयोगशाला सेवा सञ्चालनमा आएपछि श्रीकेदार, देउलेक, सित्तड, न्वाली, रिम, कटौजपानीलगायत क्षेत्रका बासिन्दालाई सहज भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर