Aamsanchar

धार्मिक धोका दिएकोमा प्रायश्चित गर

Author Image
आइतवार, साउन २३, २०७३

hachabung kirat

– हछाबुङ किरात

[भकुरालाई खुला पत्र]

भकुरा तिमीलाई चोखो कोदोको पवित्र वासिम चिण्डोमा हालेर आज सुप्तुलुंगको अघि उभ्याएर तिमीलाई मुदुमी अदुवा र पवित्र वासिमले चिण्डोबाट तिम्रो क्रिस्थानी टोपी तिर अच्याउदै छु |उखान तिर सुन्न पाईन्छ,” नबिराउनु, नडराउनु” रे यदि तिमीले नबिराको भय यति विधि फेसबुकमा नकली आईडी बनाउदै नाना भाति अपशब्द बोल्दै सिंगौरी खेल्नु पर्थ्यो हामी संग ? किराँत राई यायोक्खा संग लुकी लुकी वार्ता गर्नु पर्थ्यो र ? बारम्बार जन्मले किराँत राई कर्मले तिम्रो अर्ध इसाई भेस्भुषाको थोपोडा पटक पटक देखाई राख्नु पर्थ्यो त ? तिमि सत्यवादी थियौ र आफ्नो धर्म भाषा लिपि संस्कार र संस्कृतिको हिमायती थियौ भने यति धेरै स्पष्टिकरण कसले दिनु कर लायो तिमीलाई ? यो त तिम्रो कर्तुत धुन बारम्बार सार्वजनिक हुदै साबुन थपेर पखाल्ने प्रयास होइन र ? दुनियाँ सत्यवादी किराँत राई वंशले तिमीलाई हेरी र बुझी रहेका छन् |

तस्वीरमा भकुरा, जुन तस्वीर जिल्ला प्रशासन कार्यालय उदयपुरमा नेपाली नागरिकता त्यागेको आधिकारिक जानकारी दिन टाँसिएको थियो ।

तस्वीरमा भकुरा, जुन तस्वीर जिल्ला प्रशासन कार्यालय उदयपुरमा नेपाली नागरिकता त्यागेको आधिकारिक जानकारी दिन टाँसिएको थियो ।

तिमीलाई हामी स्पष्ट भन्न चाहन्छौ कि यो नत तिम्रो विरोध हो नत यो तिम्रो चरित्रको हत्या नै हो | यो सिरिप सम्पूर्ण किराँत राई वंशमा तिम्रो आफ्नै मौलिकता मास्ने वैचारिक उत्पट्याङ्ग विरुद्धमा सच्याउने जमर्को हो | यो भनेको, यो हो! हामी होसियार रहौ, भन्ने हाम्रो महान जनजागरण अभियान हो | जसले गर्दा तिम्रा मोहनी मन्त्रजालमा परेर सोझा सारा ,बालक बृद्ध ,अपाङ्ग विरामी ,गरिब दुखिहरु झन् तन मन धन र यो देशमा पहिचान विहिन हुनु नपरोस भन्ने हाम्रो मूल उदेश्य हो |

तिमीले भने झैँ मानिस सबै यौटै हो , न जात न धर्म हुने भए किन यस्तो दुख ? त्यसो भय किन यौटा देश भित्र अनेकौ गाउ नगर जिल्लाका सिमा रेखा , विभिन्न देश देशान्तरको सिमा रेखा साथै संसार भरि विभिन्न जात जाति धर्म दर्शन इतिहास पहिचान छन् | के यावत विषयलाई देख्ने तिम्रो आखाँ यौटै? उसो भए यी सारा समस्या लाई एक ढिक्का बनायर देखाऊ पहिला हामी पनि सामेल हौला नत्र असम्भव कुतर्क गरेर ठग्ने काम किन ? तिमीले प्रेमवादको खुब रटान दिन्छौ तर त्यो प्रेमवादको प्रवर्तक तिमि त होइनौ नि कसो? के यो संसारमा प्रेमको अंश जिरो हुने हो भने के होला ? के २०३७ साल भन्दा पछाडी भक्त जन्मेर प्रेमवाद लागु भए पछि मात्र यो जीवन जगत थामियको हो कि पहिला नै थियो प्रेमवाद ? थियन भने पहिला चै कसरी बाँकि रह्यो यो संसार ? तिमीलाई थाहै छ, विना माया यो संसार त रहदैन होला | तसर्थ तिमीले आफु प्रेमवादको प्रवर्तक जस्तै कुरो गर्न सुहाउदैन एउटा अभियान्ताको रुपमा लिन भने सकियला |

हो तिमीले भन्दै थियौ, ” म पनि मानिस हु तपाई हरु जस्तै भोक लाग्छ तिर्खा लाग्छ सबै अनुभूति उस्तै हुन्छ ” यो सहि बोल्यौ तर तिम्रो प्रेमवादले तिमीलाई अझै सद्प्रतिषद पगाली सकेको रैन रछ | तिमीले निकै मनमा कुण्ठा बोकेर वा आत्मिक जलन ओकल्दै भन्दै थियौ,” मेरो चरित्र हत्या गर्नु कि संस्कार संस्कृति वचाउनु पुस्तक लेखेको ?
भद्रगोल जीले तिम्रो बारेमा किताब लेखेका छैनन् वास्तबमा किताबका हरबहरु तिमीले लेखेका हौ उनि त निमित्तक मात्रै हुन् यो तिमीले बुझ्न नितान्त जरुरि छ किनकि तिमीले जस्तो कर्म गर्यौ हुबहु किताबमा लेख्न वाध्य पारेउ| यसलाई तिम्रो चरित्र हत्या भनेर बुझ्नु हुदैन बरु यसलाई म सप्रिनु पर्छ भन्ने संदेश हो भनेर बुझ्यौ भने सर्वहित हुनेमा शंकै छैन | तिमि सधै सामान्य मान्छे हु भन्छौ तिमि खास कस्तो मान्छे हौ त्यसो हो भने किन त्यो इशाई वस्त्र लगाउछौ तिमि साधारण मानिस भने पछि साधारण अन्यले झैँ किन लवाई खवाई छैन त ? अनि तिम्रो नाम पनि अग्रिजिमा हुनु पर्ने सुप्रिम मास्टर गड अन्जल अनि कसरि साधारण मानिस भयौ हुन खोजेको त भगवान नै हो नि होइन ?

vaktakumar rai

किराँत राई यायोक्खा ३१ थरि र २८ भाषी राईहरुको छाता संगठन हो तिमीले त्यहाँ हाई गुहार गर्नु आवश्यक छैन | त्यो भन्दा राम्रो तिम्रो वैचारिक अभियानलाई शुद्ध पार त्यो भनेको तिम्रो शब्दमा,” सबै जाति धर्म संस्कार संस्कृतिका तिम्रा तमाम चेला भुला हरु (तिम्रो पहिलाको शब्द)लाई आ-आफ्नो धर्म कर्म संस्कार र संस्कृतिमा फर्किनु भन्नु भन्दा पहिला तिमी राई भएको नाताले तिम्रो इशाई बस्त्र खोलेर किराँत राई भेष भुषामा सजियर आफ्नो जातिय धर्म कर्म सुप्तुलुंग उधौली उभौली पूजेको सार्वजनिक गर ,साकेला चाडमा धुमधाम सिली नाचेको देखाउ,किराँत राईले अक्तियार गरेको सबै संस्कार र संस्कृति गरेर देखाऊ त्यसो भए पछि तिम्रो चेला भूला हरुलाई म जस्तै आ-आफ्नो रिति थिति गर्नु भनेर उपदेश दिदा कसले नगर्ला र ? त्यसो गर्न सक्यौ भने नत विमति राख्ने अभियन्ता हरुले तिम्रो कर्तुत खोल्ने किताब लेख्छन नत यायोक्खालाई पुकार गर्नु नै पर्छ |
तर आफु चै अर्ध क्रिस्तानको बस्त्र लागाउने आफ्नो मौलिक जातीय धर्म संस्कार र संस्कृति नगर्ने नमान्ने अनि अरुलाई फेस्बुकमा आ-आफ्नै जातिय र सो धर्म अनुसार संस्कार र संस्कृति गर्नु होला भनेको छु भनेर कसले पत्याउने ?

तिमीले भन्दै थियौ,”हाम्रो पुर्खा इमान्दारी थिय” हो हाम्रा पुर्खा इमान्दारी थिय तर हाम्रा वंश मध्यका तिमि जस्तो किराँत राईको जाति धर्म भाषा लिपि संस्कार र संस्कृति चौपट वा सत्यानाश गर्ने अरु कोहि नभएर काले राई पछिको तिमि भक्त कुमार राई नै हौ | तिमीलाई अझै सचियनौ भने तिम्रो कलंकित नाम इतिहासले लेख्ने छ | तिमीले राजनीति पछि धार्मिक फड्को मारेउ किराँत धर्म गुरु र तिम्रो नाम जोस्मुनी साधु हिन्दु धर्ममा आधारित (लिम्बुको सत्य हाँमा) वाल तपस्वी सत् गुरु ॐ नन्द थियो होइन | अनि जब तिमीले हेबेन्ली पथ अक्तियार गरौ | यो नगरौ भन्दा नमाने पछि न किराँत धर्म तथा साहित्य उत्थानका तत्कालिन अध्यक्ष धिरेन सुब्बाले उक्त संस्थामा साधारण सदस्य समेत नरहने गरि कारवाही भोग्नु पर्यो होइन त्यस पछि बल्ल अर्ध क्रिस्तान भाको हौ | होइन ति जोस्मुनीका चेला आत्मा नन्द लिङ्गदेन किरात धर्म गुरु भन्दै ढुक्कै बसी रछन् तिमीलाई चै किन दुनियाँले प्रतिपादन गरेको धर्म र दर्शन चोरेर नयाँ जोगी बनेर धेरै खरानी धस्नु रहर गर्यौ ? यहि हो तिम्रो ठुलो भुल ………तिमि किराँत धर्म गुरु भएरै बसेको भए तिमीले धेरै बैगुन देखाउनु पर्ने थियन तर तिमीले त उधुमै गर्यौ |
हेबन्ली पथ धर्म होइन दर्शान हो भन्ने अनि जन्म देखि विवाह मृत्यु संस्कार भेजा खुस्किने गरि तथाकतित किताब घोकायर के गर्न खोजेको तेही हो दर्शन हँ ? भन्दा सबै यात्रीहरु आ-आफ्नो जातिय धर्म संस्कार संस्कृतिमा फर्किनु भनेको छु भन्ने अनि आकाश पाताल नमिल्ने भेष भुषा र रहन सहन संस्कार र संस्कृति गरेर अझै फेसबुकमा हेबन्ली पथ दर्शन मात्र हो भनेर हुन्छ ?

सुप्तुलुंगको बारेमा, तिमीले जतिनै ओकालत गरे पनि भने झैँ सजिलो छैन है यो अति संबेदनशिल बिषय हो | सुप्तुलुंग भनेको भकुराको प्रेमवाद जस्तो खेलौना होइन | यो किराँत राईहरुको धार्मिक पवित्र स्थल हो जहाँ जन्म देखि मृत्यु सम्मको धार्मिक संस्कार गरिन्छ | तिमीले जे जे भन्यो त्यसरी सुप्तुलुंगको संस्कार गर्ने भए हामी पनि थुप्रै भक्ते भै सकेका हुन्थेउ तर त्यो हुन असम्भव छ | सुप्तुलुंग/चुला हरु तिमि र तिम्रो चेला भुलाहरुबाट प्रत्यक्ष परोक्ष रुपमा उखेलियका छन् र सुप्तुलुंगको तिम्रो नेत्रित्वोको समुहबाट अपमान भएको छ |किराँत राई हरुको मौलिक पहिचान र धार्मिक आस्थामा निकै गम्भीर खेलबाड भएको छ, होसियार |

प्राणी हत्याको विषयमा, प्राणी र मानव उस्तै हो हत्या गर्दा धर्म हुदैन पाप नै हुन्छ भन्ने विषयमा अरु सम्बाद गर्न जरुरि देखिन्छ तर सम्पूर्ण मांसाहारी मानवहरुलाई साकाहारी बनाउनु सक्ने क्षमता छ बनाउ सबैलाई नत्र असम्भव र कुतर्क नगर | संसारमा एक सेकेन्डमा बिलियन प्राणीको मासुका लागि हत्या भै रहेको छ भयेना आफ्नै देशमा हिन्दुको दशैँमा लाखौको संख्यामा पोशु बलि गरिन्छ यसका अतिरिक्त गडिमाईको पुजामा हजारौ राँगा काटिन्छ भकुराले किन रोक्न प्रयास सम्म गर्दैन ? तेस्को लागि किन सत्याग्रह गर्न तिमीलाई आँट आउदैन हँ ?अनि कुरो गर्छौ एकाध कुखुरा या सुँगुर काटेर मांसाहारिले पुजा र भुजा गर्दा के आकाश खस्यो ? आखिर तिम्रो यात्रीलाई पनि मासु नखाउ त भन्दैनौ अनि त्यो मासु चै प्राणको हत्या नगरी आकाशबाट खस्छ त ?कुरो पनि अलि तर्क संगत गरेपो होकी भन्ने |

तिमि भन्दै छौ, “म जोगी हुँ” धेरै खरानी धस्ने नायाँ जोगी | हो तिमि यक किसिमले पहिला एक तारे जोस्मुनी पन्थी साधु जोगिनै थियौ तर फरक यतिहो अहिले तिमि अरब पति जोगी भयौ किनकि तिम्रो धनि पुर्जा र जग्गा खरिद बिक्रि अनि नेपाली नागरिकता त्यागेर क्यानाडा बसाइ सराइले पुष्टि गर्दछ|

तिमीले भन्दै थियौ , म मेरो उदेश्य देखि १ इन्च पछाडी सर्दीन अनि तिम्रो चेला नानुहरु पनि पथरको जवाफ पथरले दिन्छु भन्छन् र कसै कसैले त ,”रगत नपारि घाँटी छिन्छु” पनि भने सके के हो गुरु चेलाको यो दम्भ संयोग मात्रै होइन होला | यहि हो प्रेमवादको दर्शन ? भकुरा तिमि अत्यन्तै शंकाको घेरामा छौ | तिमीले फेरी कुम्भ कर्ण हिमालमा कम्तिमा १ वर्ष निराहार तपस्या गर्न जाउ म सुझाव दिन्छु | कतै तिमीलाई तिम्रा चेला बौलाहरुले नदेखेर वा तिमीले तिनीहरुलाई नभेटेर सद्बुद्धि पो प्राप्त हुने होकी के था ?

तिमीले सधै भन्ने गर्छौ, म साधारण मानिस हुँ तपाईहरु जस्तै तर फेरी वारम्बार तिम्रा अन्धो भक्तहरुले तिमी सोयमले विस्वो विख्यात दार्शनिक वा भगवान हरु संग दाज्ने गर्छौ किन र कुन आधारमा ? नत भकुराको आफैले प्रतिपादन गरेको उसको मौलिक धर्म छ नत दर्शन नै अनि भन्छ कि म साधारण मानिस हुँ सहि बोल्छ त फेरी दार्शनिक हरु संग दाजेर उसलाई दुनियाँलाई देखाउन खोज्छ | हेर भकुरा तिमि दर्शन प्रधान भन्छौ मलाई देखाई देउ कुन दर्शन हो तिमीले प्रतिपादन गरेको ,त्यस्तो जसमा हामी दुनियाँले नदेखेको या नसुनेको अलौकिक दर्शन यो तिमीले प्रमाणित गर्यौ भने हामी सोचौला तिमि दार्शनिक हौ भनेर नत्र तिमीले भनेका दर्शन हरु तिमीले प्रतिपादन नगरेर अधिकतम बाइबल , त्रिपिटक, गीता , कुरान , जोस्मुनी साधु,किराँत मुन्धुम ,ओसो ,रामादेव, डा. विकाशनान्द र विभिन्न वैदांग र टुनामुनाको सबल पक्षलाई तुत्त चोरेर मेरो दर्शन भन्यौ नि सत्य त यहि हो नि होइन र ?
त्यसैले अबदेखि आफ्नो मौलिक दर्शन नहुनेले अध्यात्मिक वा दार्शनिक हुँ भन्न मिल्दैन र तिमीले विस्वो महान पुरुषहरु संग दाज्न आजै बाट छोडी देउ |

भकुरा तिमीलाई चोखो कोदोको पवित्र वासिम चिण्डोमा हालेर आज सुप्तुलुंगको आघि उभ्याएर तिमीलाई मुदुमी अदुवा र पवित्र वासिमले चिण्डोबाट तिम्रो क्रिस्थानी टोपी तिर अच्याउदै छु |

निष्कर्ष:
हाम्रा पुर्खाले सारै दुख कष्ट गरि सुम्पियका हाम्रा किराँत राईका तमाम मौलिक इतिहास पहिचानका दस्तावेजहरु कुनै हालतमा तिमीले झैँ चौका दाउ हान्ने वाला छैनौ | हाम्रो वंश वा कोहि परिवारहरुले उन्नति प्रगति भएको हामीलाई लाई कुनै इर्श्या हुदैन गर्व नै हुन्छ तर परिवार,वंश समाज र राष्ट्रनै भाडिने खालको वैचारिक प्रवृति जो तिमि भाकुराले गरेका छौ अब तिमि सचिनु पर्दछ | यदि सचियनौ भने कसैले केहि गर्नु पर्दैन तिम्रो आफ्नै वैचारिक द्वन्दले तिमीलाई ठिक स्थानमा अवतरण गराउने छ एकदिन | वंशीय नाताले अब तिमि सचिने हो भने र तिमीले भने झैँ यो “हेबेन्ली पथ दर्शन मात्रै हो” भने यी तलका तपसिलका वुँदाहरु लाई अक्षरस पालना गर्न हामी सुझाव दिन्छौ | यदि यी तमाम मौलिक धर्म संस्कार र संस्कृतिलाई तिमीले मानेको हामीलाई विश्वास भए पश्च्यात हामी पनि तिम्रो दर्शनको सम्मान कसो नगरौला त |

तपसिल;
१. धार्मिक धोका दियकोमा प्रायश्चित गर ,
हेबेन्लि पथ भन्दा पहिला किराँत धर्मको गुरु ॐ नन्द थियौ चारै किराँत ( राई लिम्बु याक्खा र सुनावार) लाई धार्मिक यकता गरायर छाड्छु भनेर प्रतिवद्दता जनायको किराँत वर्ण मालाको पछाडी पेजमा अध्यावधि अंकित छ | कति तिम्रो पुराना अनुयायी भने उनि किराँती धर्म गुरु नै भनि रहेका छन् तर तिमी भने सुइकर गर्दैनौ किनकि तिम्रो नाम र काम नै परिवर्तन भो |यो ठुलो धार्मिक ढोका हो तसर्थ सबै पुराना चेला भुला संग माफ माग्नु पर्छ |

२. मौलिक संस्कार र संस्कृति पहिला आफैले गरेर देखाऊ ,
तिमी किराँत राई कोखमा जन्मेको राई भएको नाताले तिमीले भने झैँ अब आइन्दा किराँत राईले गर्ने सबै धर्म कर्म भेष भूसा संस्कार र संस्कृति भौतिक रुपमा मानेको सार्वजनिक गरेर देखाऊ | जस्तै , जन्म देखि मृत्यु सम्मको संस्कार, साकेला उधौली उभौली ,सुप्तुलुंग पितृ पुजा अन्य आदि इत्यादी |

३. तिम्रा सम्पूर्ण यात्रीहरुलाई मौलि धर्म र संस्कारमा फर्काएर देखाऊ,
अहिले सम्म तिमीले अक्तियार गरेको हेबेन्ली संस्कारमा कुनै निश्चित जाति वा वर्गको पहिचान झल्किन्दैन एस्लाई पनि तिमीले भने झैँ तिम्रा सम्पूर्ण यात्रीहरुलाई तुरुन्तै आ-आफ्नो जातिय मौलिक धर्म दर्शन अनुसार गर्न गराउन उपदेश देउ |

४. सुप्तुलुंग /चुला उखेल्ने हरुले विधिवत पुन:स्थापन गरायर देखाऊ ;
तिम्रो मातहतका किराँत राई यात्री हरुले प्रत्यक्ष परोक्षरुपमा किराँत राईहरुको धार्मिक पवित्र स्थल सुप्तुलुंग उखेल्ने दुष्कर्म भाकै छ | यसलाई जस-जसले उखेर फालेका छन् तिनीहरुले नाछुंग वा माङ्गपा बोलायर संस्कार अनुसार पुन: निर्माण गर्न गाराउनु उपदेश देउ |

५. तिम्रो दर्शनमा अनुवन्धित गर्दा सहि कुरो बताउ,
अब देखि आइन्दा हेबेन्ली पाथमा कसैलाई पनि अनुमन्दित गर्दा तिम्रै कुरो सापटी लिदै यो कुरो भन्नु नभुल्नु,” यो हेबन्ली पथ धर्म होइन दर्शन मात्र हो तपाई सबै यात्रीहरु धर्म कर्म भाषा लिपि संस्कार संस्कृति आ-आफ्नो जातिय मौलिकता अनुसार गर्नु पर्ने छ ” भन्नु पर्नेछ साथै कसैलाई पनि यो हेबन्ली पथमा आएपछि जस्तो सुकै रोग सोग हरण हुन्छ भनेर झुटो कुरो गरेर सोझा सारालाई फसाउनु बन्द गर |

६. फेस्बुक्मा तर्क पर्दा सिमा नाघेर हिंशा रोज्नेहरुलाई अभिषेक गर ;
फेसबुकमा नकली वा सकली परिचयबाट बुरुक बुरुक उफ्रिने सिमा नाघेर अपशब्द बोल्ने (जाँड छोक्रा सुँगुरको लिदी भनेर पुकार्ने जो आफुनै त्यहि पृष्ठ भुमिमा उम्रेको भ्रुणहरु हुन् ) काटमार गर्छु भन्ने तिम्रा तथाकथित यात्रीहरुलाई प्रेमवादको कडा डोज्को औषधि पुन: पिलाउ नत्र हिँसा तिर उन्मुख हुदैन भन्न सकिन्न अनि तिम्रो प्रेमवादको हालत के होला ? आफै विचार गर |

७. तिमीले जे भन्छौ त्यो गरेर देखाऊ;
संचार मध्यममा हेबेन्ली पथ धर्म होइन दर्शन मात्र हो र सबै यात्री हरुले आ-आफ्नो जातीय धर्म संस्कार र संस्कृति गर्छ भन्ने तर भित्र भित्रै इशाईकारण गर्न नछाड्ने र तिमीले आफ्नो वचनको आफै दुरपयोग गर्छौ भने त्यो तिम्रो कपटको भूतले तिमीलाई जीवन भर छाड्ने छैन याद होस् |

अरु क्रमश:

अन्तमा:
तिमीले मेरो र एक मित्रको नामै लियर यी दुइको मुखमा कसरि बुजो हाल्न सकियला भनेर कुनै ठाँउमा हाइ गुहार गर्दै थियौ रे ……त्यस्तो केहि गर्नु पर्दै यी माथिका बुँदाहरु लाई अक्षरस पालना गर यस्ता मुखहरुमा आफै बुझो लाग्दै जानेछन् बन्द गर्नु लाउनै पर्दैन |धन्दा नमान नत्र ता माथिको क्रम संक्या ७ लागु हुनेमा शंकै छैन |आशा छ आजको मेरो खुला पत्रले सकारात्मक परिवर्तनको प्रारम्भ होला भन्ने आशा र विश्वाशको साथ यहि अन्त भएको छ|तिम्रो हाम्रो माङ्गले सदबुद्धि दिऊन,आलाङ्ग्ने सेवा |

सबैको शुभ होस्

जय किराँत !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)