Aamsanchar

निशुले ल्याइन् ‘आयो तिहार लिएर देउसी’

Author Image
शनिवार, कार्तिक १७, २०७५

झापा ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको नजिकिएसंगै देउसी र भैलोका गितहरु बज्न शुरु भएको छ । तिहार नजिकिदैं गर्दा तिहारमा घन्किने देउसी–भैलोका गीतहरुपनि नयाँ–नयाँ आइरहेका छन् ।

यही बीचमा गायिका निशु ढकालले अहिले सम्मकै उत्कृष्ट नयाँ गीत लिएर आएकी छिन् । ‘आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक भएको छ । नेपाली समाजमा देउसी, भैलो खेल्ने प्रचलन रहँदै आएको छ ।

तिहारमा आफ्ना स्रोता एवं दर्शकहरुलाई पूर्णरुपममा मनोरञ्जन दिनका लागि उनले तिहारलाई लक्षित गर्दै यो म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएकी निशुको पछिल्लो गीत ‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा तिहारमा हुने उत्साह र उमंगलाई समेटेको छ । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ ।

निशुले यसअघि दशैंको अवसरमा यो रमाइलो दशैं आयो बोलको गीत सार्वजनिक गरेकी थिइन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् ।

हेर्नुहोस् यो भिडियो

 

https://www.youtube.com/watch?v=_2YZ5_4obbs

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर