Aamsanchar

सावधान ! झापा सहित प्रदेश–१ मा १४ औलो रोगी फेला

Author Image
शनिवार, कार्तिक १७, २०७५

दमक,

झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ ।

दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो ।

प्रस्तुत तथ्याङ्क गएको जनवरीदेखि अक्टोबरसम्मको भएको स्वास्थ्य शाखाले जनाएको छ ।

उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै दमक अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा विपीनकुमार पाण्डेले मेचीनगर र झापा गाँउपालिकामा यस वर्ष सात जनामा औलोको संक्रमण भेटिएको उल्लेख गर्नुभयो ।

संक्रमितमध्ये दुईजना रोजगारीका लागि भारतबाट आएका थिए । उहाँका अनुसार झापामा सातसहित मोरङमा तीन, सुनसरीमा दुई र इलाममा दुई संक्रमित छन् । यी जिल्लामध्ये सबैभन्दा धेरै झापामा देखिएको डा पाण्डेले बताउनुभयो ।

औलोबाट भारतीय सीमावर्ती क्षेत्रका १३ जिल्ला अतिप्रभावित, ३३ जिल्ला प्रभावितको अवस्था रहेको कार्यपत्रममा जनाइएको थियो । नेपालबाट औलो उन्मूलन भइसके पनि पछिल्लो समय फाट्टफुट्ट औलोको संक्रमण भेटिन थालिएपछि स्थानीय तहले समेत त्यसविरुद्ध जनचेतनामूलक कार्यक्रम शुरु गरेकोे दमक नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताउनुभयो ।

अन्तरक्रियामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलगायतले औलो सार्ने लामखुट्टेलाई निर्मूल गर्न सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नगरपालिकामा भएको अन्तरक्रियामा वडाध्यक्षहरूले औलो रोग नियन्त्रण गर्न सरसफाइ एक मात्र उपाय भएको औँल्याएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर