Aamsanchar

चलचित्र ‘अनुग्रह’कात्तिक ३० गते देखि देशभर प्रर्दशनमा आउँदै

Author Image
आइतवार, कार्तिक २५, २०७५

कुमार केसीको निर्देशनमा रहेको यस चलचित्रमा नायकको रुपमा रोहन सेन्च्युरी र नायिकामा आरती गुप्ता तथा दिपशिखा सिलवाल रहेका छन् । अन्य कलाकारहरुमा सञ्जय न्यौपाने,सुवास मेचे,राजन गिरी र बालकलाकारमा कृष्टीना सेन्च्युरी रहेकी छिन् । केही वर्ष अघि चलचित्र ‘क्षितिज पारीको मायालु’ बाट डेव्यु गरेका नायक सेन्च्युरी यस चलचित्रबाट जम्ने तरखरमा छन् । नायिका सिलवालको यो डेव्यु चलचित्र हो ।

लक्ष्मी वैङकवेटस सिने मेकर्स प्रालि र अनुग्रह फिल्म्स् प्रालिको व्यानरमा निमार्ण गरीएको यस चलचित्रमा करीब १ करोड लगानी गरीएको छ । चलचित्रको निमार्ता सन्तोष खवास हुन् । उनी यस चलचित्रमा दन्द्व निर्देशककारुपमा समेत छन् । चलचित्रको कथालाई नायक सेन्च्युरी स्वयमले लेखेका हुन् । सामाजिक विषयवस्तुलाई आधार बनाएर निमार्ण गरीएको यस चलचित्रमा माया,प्रेम र यस विचमा आउने विभिन्न आरोह,अवरोहको समिश्रण रहको चलचित्र युनिटले जनाएको छ ।

चलचित्रको सह निमार्ता ज्ञानेन्द्र गिरी,ड्रोकास विश्वा तथा सह निर्देशक राजु दोङ हुन् । विक्रम डिसीको छायाङ्नमा तयार पारीएको चलचित्र ‘अनुग्रह’ एउटा राम्रो चलचित्रकोरुपमा हेरीएको छ । चलचित्रमा चारवटा गीतहरु समावेश गरीएका छन् । गीतमा गायक कमल रसाईली, र किरण विमली तथा गायीका कविता शिवाकोटी र अनिसा मैनालीले स्वर छ । चलचित्रको गीतहरुमा स्वर्गीय दोषी नविन सुव्वाको शव्द संगीत रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर