Aamsanchar

दर्शकले एकै दिन विर्तामोडका तिन सहित ६० वटा चलचित्र घरमा गुनगुन हेर्न पाउने

Author Image
सोमवार, कार्तिक २६, २०७५

नेपाली कथानक चलचित्र ‘गुनगुन’ कार्तिक ३० गतेबाट देशभर प्रर्दशनमा आउने भएको छ । पारिवारिक प्रेम कथामा आधारित चलचित्र गुन गुन देशभरका ६० वटा भन्दा वढि हलबाट एकैसाथ प्रर्दशनमा आउने आइतवार बिर्तामोडमा चलचित्र टिमले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
चलचित्रका निर्माता तथा निर्देशक पुकार भट्टराईले चलचित्र मनोरञ्जन, एक्सन र प्रेम कथामा आधारित भएको बताए । ‘चलचित्र गुनगुनले सयौ बर्षसम्म चल्ने प्रेमकथा समेटेको छ’ निर्माता तथा निर्देशक भट्टराईले भने ‘यदि कोही बिग्रन लागेको छ भने यो चलचित्र हेरेपछि सुध्रन सक्ने सन्देश मुलक चलचित्र निर्माण भएको छ ।’ चलचित्रमा दुईवटा गीत रहेको उनले जानकारी दिए । काठमाडौमा छायङ्कन गरिएको चलचित्रको लगानी ८५ लाख पुगेको उनले बताएका छन् ।

चलचित्रमा सञ्चिता लुइटेल, सुवास मेचे, रविन्द्रप्रताव सिंह, नविन श्रेष्ठ, देशभक्त खनाल, राधा लम्साल, विपिन प्रसाई, भिमा मैनाली, वालकलाकार सुमेश श्रेष्ठ, निर्माता तथा निर्देशक भट्टराईलगायतको अभिनय रहेको छ ।
अन्य चलचित्र भन्दा यस चलचित्रमा फरक खालको अभिनय रहेको अभिनेता सुवास मेचेले बताए । उनले छोरीको नाम पनि गुन गुन भएकाले यो चलचित्र खेल्न उत्साह जागेको बताए । दुई घण्टा ८ मिनेटको चलचित्रलाई दर्शकले मन पराउने चलचित्र टिमको दावी छ । चलचित्र बिर्तामोडमा ३ वटा हलमा एकैसाथ प्रर्दशनमा आउने चलचित्र टिमले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 339

प्रतिक्रिया (०)

सम्बन्धित खबर