Aamsanchar

तनहुँ सेवा समाज युएईद्वारा मृगौला रोगी परियारलाई एक लाख रुपैयाँ सहयोग

Author Image
मङ्गलवार, कार्तिक २७, २०७५

सुर्य खवास/ युएई,

रोजगारीको शिलशिलामा युएईमा रहनुहुने तनहुँबासिको साझा संस्था तनहुँ सेवा समाज युएईको पहलमा भानु नगरपालिका वाड नम्बर ७ का प्रकाश परियारलाई मृगौला उपचारकोलागी एक लाख पाँच रुपैया सहयोग प्रदान गरेको छ ।

परदेशबाट भएपनी आफ्नो समाजलाई केही गर्ने उद्देश्यले स्थापित समाजले स्थापनाको छोटो समयमा विभिन्न सामाजिक कार्यमा सहयोग पुर्‍याउदै आएको छ । यसै शिलशिलामा मृगौला पिडित परियारलाई आर्थिक सहयोग प्रदान गरिएको प्रकाश पतियार बचाउ अभियानका संयोजक एवं समाजका सल्लाहकार श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो ।

युएईमा संकलित सहयोग रकम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केद्रीय सदस्य राजु ढकाल र देबी घर्तीले टेलिभिजन कार्यक्रम इन्द्रेणीका संचालक एवं गायक कृष्ण कडेल मार्फत परिवारलाई हस्तान्तरण गरिएको समाजका सचिव सुरिन भुजेलले जानकारी दिनुभयो ।

दुबै मृगौला खराव भै उपचाररत परियारलाई चिकित्सकले मृगौला प्रत्यारोपण गर्नु पर्ने बताउनु भएको थियो । मृगौला प्रत्यारोपणकालागी ठूलो धन राशी खर्च हुने तर परिवारको कमजोर आर्थिक अवस्थाले सम्भव नभएपछी आफ्नो जीवन रक्षाकोलागि सहयोगको अपिल गर्दै आउनु भएको थियो । सहयोग अपिल पछि विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग जुटन थालेको हुँदा मृगौला प्रत्यारोपण हुनेमा आशा पलाएको परिवारले बताएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर