Aamsanchar

स्वस्तिमा र आकाश फाइनल भएको चलचित्रमा अब आँचल र पल

Author Image
बुधवार, कार्तिक २८, २०७५

काठमाण्डौं ।

चलचित्र जगतमा चर्चित नाम हुन् आँचल शर्मा र पल शाह । बेला बेलामा चलचित्र बजारमा यो जोडी विभिन्न कारणले चर्चामा आउने गरेको छ । केही समय अघि पलसँग सँगै चलचित्रमा अभिनय नगर्ने प्रतिकृया दिएका कारण आँचल शर्मा चर्चामा आएकी थिइन् ।

उनलाई चलचित्र नगरीकै केही नायिकाहरुले व्यंग्य समेत गरेका थिए । कतिपय चलचित्र पण्डितहरुले पल र आँचल अफएयरमा रहेको अड्कल बाजी लगाउने गरेका छन् । अरुले जे जस्तो भने पनि उनीहरुले भने उक्त कुरालाई सार्वजनिक गरेका छैनन् । चलचित्र नगरीमा यति बेला यिनै २ ‘आँप’ जोडीको चर्चा भइरहेको छ ।

चर्चाको मुख्य कारण चलचित्र दालभात तरकारी र विर विक्रम २ हुन् । चलचित्र दालभात तरकारीमा नायिका स्वस्तिमा खड्का पहिले नै फाइनल भइसकेकी थिइन् । तर छायांकन सुरु हने अन्तिम समयमा आएर समय अभावको कारण देखाउँदै स्वस्तिमाले चलचित्रबाट हात झिकिन् । अन्ततः नायिका स्वस्तिमाले गर्ने भनिएको रोल उनले हात झिके सगै आँचल शर्माले गर्ने पक्का भएको छ । उनी चलचित्रमा पुष्प खड्काको जोडीको रुपमा प्रस्तुत हुन लागेको बुभिएको छ ।

यता चलचित्र नगरीमा उनका प्रेमी भनेर चिनिएका नायक पल शाहको केशमा पनि यस्तै कथा दोहोरिएको छ । चलचित्र विर बिक्रम २ का निम्ति सुरुमा नायक आकाश श्रेष्ठ फाइनल भएका थिए ।

तर उनले पनि छायंकन सुरुवातको अन्तिम समयमा आएर हजुरबुवा बिमारी भएका कारण समय दिन नसक्ने बताउँदै चलचित्र बाट हात झिके । र उनले निभाउने पक्का भइसकेको भुमिकामा अब भने पल शाहले काम गर्ने पक्का भइसकेको छ । अरुले नै काम गर्ने पक्का भएको भुमिकामा नै यी जोडि देखिँदै छन् । उनीहरुलाई दर्शकले कत्तिको साथ दिन्छन् त्यो भने समयले बताउने छ ।–उज्यालो अनलाइबाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 467

प्रतिक्रिया (०)

सम्बन्धित खबर