Aamsanchar

कुन राशीका मानिसको सेक्स स्वभाव कस्तो ?

Author Image
बुधवार, कार्तिक २८, २०७५

‘सेक्स’ सन्तान उत्पादनको प्राकृतिक नियम भएपनि यसलाई मनोरञ्जनको साधनको रुपमा पनि लिने गरिएको छ । महिला र पुरुषबीचमा स्वभाविक रुपमा हुने आकर्षण अन्ततः सेक्समा परिणत हुन्छ । यसले शारीरिक र मानसिक वा भौतिक र आध्यात्मिक सुख दिन्छ । सेक्सले सन्तुष्टि पनि दिन्छ जसले मान्छेको दैनिक क्रियाकलापदेखि दीर्घायुसम्मलाई सकारात्मक प्रभाव पार्ने वैज्ञानिकहरुको दाबी छ । तर सेक्सले विकृत रुप धारण गरेमा समाजमा अपराध, हिंसा र विद्रोह सिर्जना हुने गर्दछ । त्यसैले हरेक मान्छेले आफ्नो सेक्स जीवनलाई सहज र सरल बनाउनु पर्दछ ।

तपाईंको सेक्स जीवनलाई सुखद् र मर्यादित एवम् सहज बनाउन पार्टनरको स्वभाव, अवस्था र वास्तविकता थाहा पाउनै पर्दछ । तर कसरी थाहा पाउने आफ्नो पार्टनरको स्वभाव ? यहाँ हामी राशिअनुसार पार्टनरको स्वभाव पत्ता लगाउने केही सरल विधिहरु प्रस्तुत गर्दैछौँ । कुन राशिका महिलाको कस्तो स्वभाव हुन्छ त्यो थाहा पाएर तपाईंले पनि आफ्नो पार्टनरको राशिअनुसार यौन जीवनलाई सुखद् बनाउन सक्नु हुन्छ ।

मेषराशिः यो राशिका महिलाको मुख र निधार एकदमै संवेदनशील हुन्छ । तपाईंले मुख र निधारमा चुम्बन गर्नु भयो भने उनीहरु चाँडै सेक्सको लागि तयार हुन्छन् वा महिलामा चाँडै यौन उत्तेजना बढ्दछ । साथै मेषराशिका महिलाहरु रातो रङप्रति ज्यादै आकर्षित हुन्छन् । त्यसैले यदि तपाईंको सेक्स पार्टनर मेषराशिकी छिन् भने यौन क्रियाकलाप गर्नु भन्दा अगाडि रातो रङको कपडा लगाउनु होस् ।

वृषराशिः यो राशिका महिला जति धेरै रोमान्टिक हुन्छन् त्यति नै धेरै समय यौन क्रियाकलापमा राजी गराउन समय लाग्दछ । त्यसैले तपाईंको सेक्स पार्टनर वृषराशिवाला छन् तर तपाईं चाँडै यौन क्रियाकलाप गर्ने सोच्नु हुन्छ भने तपाईंले दुःख पाउनु भयो अर्थात तपाईंको यौनजीवन त्यति सहज हुने छैन जति तपाईं सोच्नु हुन्छ । वृषराशिका महिलाको गर्धन निक्कै संवेदनशील हुन्छ त्यसैले सेक्स गर्नुअघि गर्धनमा चुम्बन वा स्पर्श गर्नु भयो भने निक्कै चाँडै उत्तेजना पैदा गर्न सक्नु हुन्छ । साथै यो राशिका महिला महङ्गा गहना लगाउन मन पराउने भएकाले सेक्सको लागि रिझाउन महङ्गा गहना खरिद गरिदिने पनि गर्न सक्नु हुन्छ तर आफ्नो खल्ती चाहिँ हेर्न नभुल्नु होला ।

मिथुनराशिः यो राशिका महिला सेक्सको लागि सधैँ सक्रिय रहन्छन् । यिनीहरु आकर्षक वस्तुप्रति निक्कै नै ध्यान दिने हुन्छन् । उनीहरुलाई हातमा चुम्बन गर्दा निक्कै आनन्द आउँछ । साथै यो राशिका महिलाहरु यस्तो रोमान्टिक ठाउँमा जान रुचाउँछन् जहाँ उनीहरुका पुराना कुरा याद आउन् ।

कर्कटराशिः यो राशिका महिला निक्कै भावुक र मानसिक रुपमा पनि संवेदनशील हुन्छन् । यसै कारणले पनि सेक्समा खासै रुची राख्दैनन् भने सेक्स गर्दा पनि भरपुर आनन्द लिन सक्दैनन् । यो राशिका महिलाहरु चन्चल स्वभावकका हुन्छन् । उनीहरु पार्टनरको भन्दा आफ्नो सन्तुष्टिकोलागि मात्रै क्रियाशिल रहन्छन् । तैपनि उनीहरुलाई ‘क्याण्डल लाइट डिनर’ निक्कै मन पर्ने भएकोले त्यहाँ लैजान सकिन्छ । कर्कटराशिका महिलाको स्तन सबैभन्दा संवेदनशील हुने भएकोले सेक्सको सुरुवात यहिबाट गर्नु उपर्युक्त हुन्छ ।

सिंहराशिः सिंहराशिका महिलालाई बनावटी कुराहरु वा देखावटी सौन्दर्य र चिजबस्तुहरुप्रति निक्कै आकर्षण हुन्छ । यिनीहरु रोमान्टिक वातावरणमा चाँडै र सजिलै घुलमिल हुनसक्छन् । यो राशिका महिलाहरु आफ्नो पार्टनरलाई आफूमाथि हावी हुन भने दिँदैनन् । यिनीहरुको पिठ्युँ सेक्सको लागि निक्कै संवेदनशील हुन्छ । कन्याराशिः यो राशिका महिला आफ्नो यौन इच्छालाई चाँडै बाहिर निकाल्न चाहँदैनन् तर भित्र भने सेक्सको भोक निक्कै हुने गर्दछ । यिनीहरुलाई पेटमा किस गर्न निक्कै मन पर्दछ । यौन सम्पर्क गर्नु भन्दा अघि उनीहरुलाई पेटमा स्पर्श गर्ने वा छुने गर्नु उपर्युक्त हुन्छ ।

तुलाराशिः यो राशिका महिलाहरु सेक्सको लागि निक्कै नै छिटो तयार हुन्छन् । उनीहरुको राशि स्वामी शुक्र भएकोले पनि यस्तो भएको हो । शुक्रलाई यौनउत्तेजना बृद्धि गर्ने ग्रहको रुपमा लिइन्छ । यो राशिका महिलालाई सेक्सको बेला कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुको पिठ्युँको तल्लो भाग निक्कै संवेदनशील हुने भएकोले त्यहाँ स्पर्श गरेर सेक्सप्रति उत्तेजना जगाउन सकिन्छ ।

वृश्चिकराशिः यो राशिका महिला सेक्सको लागि निक्कै नै संवेदनशील हुन्छन् । उनीहरुलाई बडी मसाज मन पर्ने भएकोले मसाजबाटै चाँडै उत्तेजना पैदा गराउन सकिन्छ ।

धनुराशिः धनुराशिका महिलाहरु धार्मिक प्रकृतिका हुन्छन् । यिनीहरुलाई रोमान्सको लागि एकान्त ठाउँ मन पर्छ । यो राशिका महिलालाई रोमान्टिक गीत, सेक्स फिल्म वा सेक्ससम्बन्धी कुराकानीबाट चाँडै प्रभावित गर्न सकिन्छ । यिनीहरुको जाँघ सबैभन्दा संवेदनशील हुन्छ ।

मकरराशिः यो राशिका महिलाको खुट्टा निक्कै संवेदनशील हुन्छ । खुट्टाको कुनै पनि भागमा किस गरेर वा स्पर्श गरेर उनीहरुलाई उत्तेजना बढाउन सकिन्छ । यिनीहरुलाई सेक्सको दौरान कुराकानी गर्न बिलकुलै मन पर्दैन । यिनीहरुलाई रिझाउन घुमफिर गर्ने वा रोमान्टिक कुराकानी गर्न सकिन्छ ।

कुम्भराशिः यो राशिका महिलाको काँध तथा कुहिनो ज्यादै संवेदनशील हुन्छ । त्यसैले यो भागमा अलिकति पनि स्पर्श हुँदा उनीहरु चाँडै उत्तेजित बन्दछन् । यिनीहरुलाई रातीको समयमा नुहाइ धुवाई गरेर सेक्स गर्न निक्कै मन पर्छ । यिनीहरुलाई फरफ्युम पनि निक्कै मन पर्दछ ।

मीनराशिः यो राशिका महिलालाई आँखामा आँखा जुधाएर हेर्न ज्यादै मनपर्छ । यिनीहरुलाई थोरै जबरजस्ती वा थोरै चलेको पनि मन पर्छ । यिनीहरुको कुर्कुच्चा निक्कै संवेदनशील हुने भएकोले यहाँ मसाज गरेर पनि उत्तेजना बढाउन सकिन्छ ।

(यो सामग्री एजेन्सीको सहयोगमा तयार पारिएको हो । यहाँ उल्लेख भएअनुसार सबैको स्वभाव यस्तै हुन्छ भन्ने होइन । तपाईंको पार्टनरको स्वभाव कस्तो छ त्यो तपाईंले अध्ययन गर्ने कुरा हो । तैपनि तपाईंले अहिलेसम्म पार्टनरको सेक्स स्वभाव अध्ययन गर्नु भएको छैन र यसैकारणले सेक्सजीवनमा सन्तुष्ट हुनुहुन्न भने माथि उल्लेखित कुराहरुलाई अनुशरण गरेर हेर्न सक्नु हुन्छ । यो सामग्री प्रकाशन गर्नुको हाम्रो उद्देश्य तपाईंको यौनजीवनलाई सहज बनाउन केही सहयोग पुगोस् भन्ने नै हो । शुभ कामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर