Aamsanchar

आन्तरिक राजस्व कार्यालयले, बिर्तामोडमा गर्यो कर सप्ताह उदघाटन ( फोटो फिचर सहित )

Author Image
शनिवार, मंसिर १, २०७५

(विनोद पाण्डे कमल)

चारपाने, मंसिर १ । ‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नारा सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरले आज सातौ कर दिवसको अवसरमा कर सचेनता सप्ताह कार्यक्रमको उदघाटन गरेको छ ।
विर्तामोड उद्योग बाणिज्य संघको सहकार्यमा आज विर्तामोडमा विभिन्न नारा सहितका व्यानर प्लेकार्ट सहित प्रभातफेरी र औपचारिक कार्यक्रम गरेर सप्ताहको उदघाटन गरिएको छ ।
आन्तरिक राजस्व कार्यलय भद्रपुरका प्रमुख वोलराज आर्चायको अध्यक्षता र आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोको प्रमुख आतिथ्यता रहेको थियो । विभिन्न संस्कृतिक नृत्य र बाजागाजा सहित भएको कार्यक्रममा स्थानिय दर्जनौ संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

कर सम्बन्धी संशोधन तथा छुट सुविधाहरु सम्वन्धमा करदातालाई जानकारी दिने कर सचेतना बढाउने करदाता र कर कार्यालय बीचको सुसम्बध स्थापना गर्ने तथा अघिल्लो आर्थिक बर्षका उत्कृष्ट करदाताहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले कर दिवसको अवसरमा कर सप्ताह मनाउन लागेको कार्यक्रमका अध्यक्ष आचार्यले बताए ।

२ गते बुधबारे उद्योग बाणिज्य संघको सहकार्यमा बुधबारेमा घरदैलो कार्यक्रम, ३ गते फिदिममा पाँचथर, ताप्लेजुङका उद्योगी व्यवसायी सँग छलपल तथा अन्तरक्रिया, ४ गते इलाम मंगलबारेमा करदाता शिक्षा कार्यक्रम, ५ गते झापाको मेचीनरमा उद्योग बाणिज्य संघ मेचीनगर, होटल एशोसिएसन झापाको आयोजनामा अन्तरक्रिया र जिल्ला सहकारी संघ र जिल्ला बचत संघको सहकार्यमा जिल्ला भरिका सहकारी तथा वित्तिय संस्थाका लेखा प्रमुख, व्यवस्थापक सँग विर्तामोडमा कर सम्बन्धि छलफल, ६ गते उद्योग बाणिज्य संघ झापा र भद्रपुर उद्योग बाणिज्य संघको सहकार्यमा उद्यमी व्यवसायीसँग छलफल र ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर‘ विषयमा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता र त्यसैगरि कर सप्ताहको अन्तिम दिन मंसिर ७ गते काकाई उद्योग बाणिज्य संघको सहकार्यमा सुरुंगामा आयोजना हुने समापन कार्यक्रममा विभिन्न क्षेत्रवाट करमा सहभागी जनाउने तथा योगदान गर्ने करदातालाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको बताईएको छ ।
तस्वीरमा यस्तो देखियो कर सप्ताह उदघाटन कार्यक्रम

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 479

प्रतिक्रिया (०)

सम्बन्धित खबर