Aamsanchar

घुम्ती शिविरबाट दुई सय लाभान्वित

Author Image
आइतवार, मंसिर २, २०७५

म्याग्दी, 

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०० जनाभन्दा बढी लाभान्वित भएका छन् ।

गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य उपचार, तस्वीरसहितको मतदाता नामावली दर्तालगायतका सेवा पाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ लाई नयाँ र आठ जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिनुभयो ।

२३ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकको टोलीले ७१ जनाको निःशूल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको छ ।

१८ जनाको जन्मदर्ता, २ मृत्यु दर्ता, २३ महिला र २३ जना पुरुषको तस्वीरसहितको मतदाता नामावली दर्ता भएको छ । सशस्त्र प्रहरीको टोलीले ‘एक वडा एक हेलीप्याड’ कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ । जिल्ला प्रहरी कार्यालयले विद्यार्थी र युवायुवतीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध प्रशिक्षण दिएको छ ।

कोटगाउँ, ठाडाखानी, रायखोर, चिमखोला, दर्मीजा, कुइनेखानीलगायत दुर्गम बस्तीका बासिन्दाले शिविरबाट सेवा लिएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर