Aamsanchar

आफ्नै घरमा बन्धक

Author Image
आइतवार, मंसिर २, २०७५

कृष्णनगर, 

कपिलवस्तुको शिवराज नगरपालिका – ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ । जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन् ।

दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छन्, खान दिए खान्छन् नत्र त्यसै बसिरहन्छन् । उनलाई उनकै परिवारले साङ्लोमा बाँधेर राखेको हो । विसं २०५९ वैशाख ४ गते बुबा सुकुरुल्लाह दर्जीलाई अज्ञात समूहले हत्या गरेपछि बुबाको शव देखेर जमिरुल्लाहको मानसिक सन्तुलन बिग्रिएको हो । करीब १५ वर्षदेखि उनी यस्तो अवस्थामा छन् ।

बुबाको निधनपश्चात ६५ वर्षीय आमा नुरैनाले उनलाई फलामे साङ्लोले घरको आगाडि बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ । एउटा खुट्टामा फलामे सिक्रीले बाँधिएका जमिरुल्लाहलाई उनकी आमा र भाइ हविबुल्लाहले अहिले हेरचाह गरिरहेका छन् । ‘आफूले सकिने हेरचाह गरेका छौँ, कहिलेकाहीँ त घरबाट समेत भाग्ने गरेकोले कठिनाइ भएको छ’, भाइ हविबुल्लाहले बताउनुभयो ।

करीब एक लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको छ । ‘दाजुको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि विभिन्न अस्पाताल तथा धामीझाँक्रीलाई देखायौँ तर पनि सञ्चो नभएपछि फलामे सिक्रीले बाँधेर राखिएको हो’, भाइ हविबुल्लाहले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 325

प्रतिक्रिया (०)

सम्बन्धित खबर