Aamsanchar

शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड

Author Image
सोमवार, मंसिर ३, २०७५

काठमाडौँ,

काठमाडौँको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ । काठमाडौँ उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड लागेको हो ।

उक्त मन्दिरमा मेला भरेर आज नारायणको पूजा गरेमा साक्षात नारायण प्रशन्न भई पारिवारिक सुख, शान्ति कायम भई मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी दिलीप शर्माले बताउनुभयो ।

काठमाडौँबाट करीब १६ किलोमिटरको दूरीमा रहेको सो मन्दिर हाल दक्षिणकाली नगरपालिकामा पर्दछ । काठमाडौँ उपत्यकाको चार नारायणमध्ये शेषनारायणलाई प्रसिद्ध धार्मिक स्थलकारुपमा लिइएको छ । शेषनारायणको उत्पत्तिका कारण यही नै हो भन्नेबारे प्रष्टता छैन, यसको महत्वबारे विभिन्न किंवदन्ती पाइन्छ । शीतल अनि शान्त वातावरणमा रहेको उक्त मन्दिरलाई बौद्ध धर्मावलम्बीले पनि सम्मान प्रकट गर्दै विशेष महत्वका साथ दर्शन गर्ने गरेका छन् ।

बिहानैदेखि भीड लागेको मन्दिर सर्वसाधारणको दर्शनका लागि साँझसम्म खुल्ने आयोजकले जनाएको छ । हिन्दू धर्मावलम्बीले हरिशयनी एकादशीका दिन रोपेको तुलसीको पूजासमेत आजको दिनमा गर्ने चलन छ । अन्य नारायणका मन्दिरमा पनि आजको दिनमा धार्मिक गतिविधि तथा चहलपहल हुने गर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)