Aamsanchar

चार जुवाडे पक्राउ

Author Image
बुधवार, मंसिर ५, २०७५

दमौली, 

प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन् ।

मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट रु ८१ हजार बरामद गरिएको छ । पक्राउ परेका सबै जना विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने शाहले बताउनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर