Aamsanchar

झापामा मोटरसाइकल र स्कुटर जुध्यो दुवै चालकको मृत्यु

Author Image
बुधवार, मंसिर ५, २०७५

बिर्तामोड ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको मेचीनगरमा बुधबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

बिर्तामोडबाट कांरकभिट्टा तर्फ जाँदै गरेको बा ६९ प ७९९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे १० प ६६६४ नम्बरको स्कुटर मेचीनगर–१२ कालीझोडामा एकआपसमा ठक्कर खाँदा दुवै सवारीका चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक बिर्तामोड–३ का २७ वर्षीय मञ्जुल बराईली र स्कुटर चालक मेचीनगर–१० का २४ वर्षीय युवराज खत्री अधिकारी रहेका छन् । दुवै जनाको बिर्तामोड स्थित बीएण्डसी टिचिङ्ग हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडी सवार काठमाण्डौं घरभएकी १८ वर्षीया सुविसा गुरुङको बिर्तामोड स्थित कनकाई हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारीलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी निरीक्षक राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 286

प्रतिक्रिया (०)