Aamsanchar

एनएमसी बुद्धशान्ति कपको उपाधि आयोजकको पोल्टामा

Author Image
बुधवार, मंसिर ५, २०७५

बुधबारे।

झापाको बुधबारेमा सम्पन्न एनएमसी बुद्धशान्ति प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिताको उपाधि आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्तिले उचालेको छ ।

प्रदेश नम्बर एकको नेपाल प्रहरीलाई ३–२ को सेटमा ( २१–२५, २५–२०, २५–२२, २२–२५ र १९–१७) पाखा लगाउँदै आयोजकले उपाधि उचालेको हो । उपाधि सँगै आयोजकले एकलाख नगद र ट्रफि प्राप्त गरेको छ भने उपविजेता प्रहरीले नगद ५० हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो हुने टिम भोजपुरले नगद २५ हजार प्राप्त ग¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडीमा आयोजकका आशिष जंग कार्की घोषित भए भने फाइनल खेलको म्यान अफ द म्याच प्रहरीका जितबहादुर मगर भए ।

राष्ट्रिय युवा समाजको आयोजना तथा नेपाल बहुउदेश्यीय सहकारी संस्था मुख्य प्रायोजक रहेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । समाजका अध्यक्ष सन्तोष ढकालको सभापतित्व तथा प्रदेश सांसद वृख प्रधानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भिमप्रसाद ढकाल, चारआली व्यारेकका गणपति निमित्त सेनानी निराजन विष्ट, नेपाल बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालक सदस्य डम्बरबहादु बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो ।

आयोजकका प्रेम नेम्बाङले स्वागत मन्तव्य राखेको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, बुद्धशान्ति ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेती समाजसेवी लयप्रसाद भण्डारी, समाजसेवी मनोरथ तिवारीलाई सम्मान गरिएको थियो ।

चन्द्रसूर्य युवा क्लब तथा आदर्श युवा क्लब बुद्धशान्ति सहआयोजक रहेको प्रतियोगितामा मुख्य प्रायोजक नेपाल बहुउदेश्यीय सहकारी संस्था र सहप्रायोजक गोकुलम रिसोर्ट इटहरी रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर