Aamsanchar

युरोपबाट तुलसीले ल्याए ‘राम्री’

Author Image
बिहिवार, मंसिर ६, २०७५

झापा ।

श्रम गर्न विगत ७ वर्षदेखि युरोपमा रहेका झापाली गायक तुलसी शिवाकोटीले आफ्नो नयाँ गीत ‘राम्री’ सार्वजनिक गरेका छन् ।

तुलसीको स्वर, अदृश्य कुलुङको शब्द र रोशन श्रेष्ठको निर्देशनमा रहेको गीतमा निरज श्रेष्ठले संगीत दिएका छन् । भिडियोको कोरियोग्राफी सञ्जय लामाले गरेका हुन् । म्यूजिक भिडियोमा ओम उप्रेती र विनिता ओलीको अभिनय छ ।

माधव बेल्बासेले गीतको म्युजिक भिडियोलाई सम्पादन गरेका हुन् । तुलसीले युरोपमा रेकर्ड गरेको गीतको म्यूजिक भिडियो भने नेपालमै छायांकन गरिएको हो ।

आफूले फरक स्वादको गीत पस्कने प्रयास गरेको गायक तलसीले बताए । गीत निकै रोमान्टिक रहेका कारण दर्शक तथा श्रोताले मन पराउनेमा उनी ढुक्क छन् । झापा सुरुंगाका गायक तुलसी युरोपमा बसेर नेपाली गीतसंगीतका क्षेत्रमा अघि बढिरहेका छन् । उनी त्यहाँका नेपालीमाझ सुपरस्टारका रुपमा परिचित छन् ।

‘मेरो देश’, ‘प्यारी छोरी’, ‘म त मान्छे सिधासादा’ लगायतका उनका गीत चर्चित छन् । उनी आधुनिक तथा लोक पप गीत गाउन मन पराउँछन् । हाल सार्वजनिक गरिएको ‘राम्री’ उनको १०औँ गीत हो ।
गायक तुलसी युरोपमा रहेर पनि समाजसेवामा सक्रिय छन् । एक महिनाअघि मात्र उनले झापाको अर्जुनधारा नगरपालिका–६ स्थित अपांग बाल शिक्षा सरोकार केन्द्रलाई आर्थिक सहयोग गरेका थिए ।

हाल स्पेनमा बसोबास गर्दै आएका गायक तुलसी नेपालका अनाथ असहायलाई सहयोग गर्न पाउँदा आफूलाई सन्तुष्टी मिल्ने बताउँछन् ।

यस्तो छ उनको नयाँ गीत ‘राम्री’ :

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर