Aamsanchar

यस कारण बालाचर्तुदशीमा लाखौ अर्जुनधारा आउनेछन

Author Image
आइतवार, मंसिर ९, २०७५

चारपाने, मंसीर ९ । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसरमा बृहत धार्मिक अनुष्ठान हुने भएको छ । धाम सञ्चालक समितिले आज पत्रकार सम्मेलन गरी ३६औँ बार्षिक अनुष्ठान तथा धान्याचल महायज्ञ हुने जनाएको हो ।

मङ्सिर ११ गतेदेखि भविष्य महापुराण सहित विभिन्न धार्मिक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताए । बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यका साथ धार्मिक अनुष्ठान आयोजना गरिएको हो । यसवर्ष तीन लाख पर्यटक भित्रिने अनुमान गरिएको छ ।

धार्मिक अनुष्ठानका अवसरमा धामले यसवर्ष महाभारतकालिन घटनाक्रम एवम् धामको उत्पत्तिबारे विद्युतीय प्रदर्शनी गर्ने महासचिव विष्णुकुमार निरौलाले बताउनु भयो । धामको ऐतिहासिक मूल पोखरीभित्र कलात्मक संगीतमय फोहोरा प्रर्दशनी गर्ने, रमाइलो धार्मिक मेला आयोजना गर्ने तयारी भएको छ ।

प्रत्येक दिन साँझ ५ बजे बिशेष गंगा आरती गर्ने लगायतका महत्वपूर्ण र बिशेष प्रकारको कार्यक्रम गर्ने निर्णय गरिएको अध्यक्ष गट्टानीले जानकारी दिनुभयो । यसबर्ष धामले पुष्पलाल स्मृति सन्त निवास र शनि मन्दिरलाई पनि पूर्णता दिने जनाएको छ । अन्नदान अक्षयकोष र गुरुकुल अक्षय कोषलाई पनि निरन्तरता दिने प्रचार सहसंयोजक चतुर्भज काफ्लले बताए । कार्यक्रम सम्पन्न गर्नकालागि करिब ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

विगतका बर्षमा पनि अर्जुनधारामा बालाचर्तुदशी मेला भव्य रुपमा आयोजना हुदै आएको थियो । यस बर्ष अझ धाम समितिले मन्दिर परिसर सजीसजाउँमा विशेष ध्यान दिएको हुँदा अर्जुनधारा आउने धार्मिक पर्यटकको संख्या बढने समितिले अनुमान गरेको पत्रकार भेटघाटमा बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)