Aamsanchar

नरैनापुरमा एकीकृत घुम्ती शिविर

Author Image
मङ्गलवार, मंसिर ११, २०७५

नेपालगञ्ज,

बाँकेको नरैनापुरमा सोमबारदेखि सप्ताहव्यापी एकीकृत घुम्ती शिविर एवं सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नरैनापुर गाउँपालिकाको आयोजनामा उक्त घुम्ती शिविर शुरु गरिएको हो ।

नरैनापुर गाउँपालिका– ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोदवाँ पण्डितपूर्वामा सञ्चालन गरिएको सो घुम्ती शिविरमा नागरिकको स्वास्थ्य परीक्षण, आँखा जाँच, जग्गा नापी, नागरिकता वितरण र मतदाता नामावली सङ्कलनसम्बन्धी सेवा प्रवाह भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । सोमबार ६१ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।

घुम्ती शिविरसँगै गरिएको सार्वजनिक सुनुवाइमा गाउँपालिकाका बासिन्दाले सरकारी कर्मचारीको काम गर्ने प्रवृत्तिमा कुनै सुधार नआएको गुनासो गरेका थिए । सो अवसरमा प्रजिअ भुजेलले सबै सरकारी कार्यालयको काममा सुधार ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)

सम्बन्धित खबर