Aamsanchar

सुन्दरहरैँचामा स्वास्थ्य शिविर

Author Image
बुधवार, मंसिर १२, २०७५

विराटनगर, 

नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् ।

सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार सम्पन्न शिविरबाट ४८३ बिरामीको उपचार गरिएको थियो । शिविरमा ७१ बिरामीको भिडियो एक्सरे गरियो । शिविरमा हाडजोर्नी, आँखा र दमका बिरामी आएका अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।

गम्भीर प्रकृतिका ३५ बिरामीलाई नोबेल अस्पतालमा ५० प्रतिशत छुटमा उपचार गरी पुनःगाउँमै पु¥याउने व्यवस्था मिलाइएको अस्पताल सञ्चालक डा सुनिल शर्माको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)