Aamsanchar

बाढीको सङ्केत दिने उपकरण जडान

Author Image
आइतवार, जेठ २, २०७३

download (1)

बागलुङ

बागलुङ जिल्लाको खुङ्गा गाविसस्थित हुन्द्राफेदीमा बाढी आउनुभन्दा पूर्व सूचना दिने उपकरण जडान गरिएको छ ।

यस्तो उपकरण जिल्लामै पहिलोपटक राखिएको हो । पश्चिम बागलुङमा बग्ने तमान खोलामा आउन सक्ने बाढीको जोखिमबाट बच्न समुदायमा आधारित सूचना प्रणाली जडान गरिएको हो ।

त्यस क्षेत्रमा रहेका मानव बस्ती, खेतीयोग्य जमिन र जङ्गलमा बाढीले पु¥याउने सम्भावित क्षति रोक्न सूचना प्रणाली उपयोगी हुने ठानिएको छ । वर्षायाम सुरु हुनै लाग्दा सूचना प्रणाली जडान भएपछि अबदेखि स्थानीय बासिन्दाले घरमै बसेर बाढी आउँदै छ भन्ने सूचना थाहा पाउनेछन् ।

बहुसरोकारवाला वन कार्यक्रम (लिभर्ड)को आयोजना, धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रको सहयोग एवम् ‘सस्टेनेबल ईको इन्जिनियरिङ’को प्राविधिक सहयोगमा उपकरण जडान गरिएको हो । उक्त उपकरण समुदायलाई हस्तान्तरण गरिएको प्रमुख प्राविधिक महेन्द्र शाक्यले बताउनुभयो ।

सूचना प्रणालीको सही प्रयोगले मानवीय तथा भौतिक क्षतिलाई जोगाउन सकिने छ । सूचना प्रणालीले पानीको सतहको आधारमा स्थानीयवासीलाई जोखिम र सामान्य अवस्थाका बारेमा सूचित गर्नेछ । पहिलो सतहमा पानी बगे खासै आत्तिनु नपर्ने, दोस्रो सतहमा बगे सामान्य सचेत हुनुपर्ने प्राविधिकको भनाइ छ ।

उक्त प्रणालीले एक÷एक मिनेटको अन्तरालमा सङ्केत गर्ने र तेस्रो सतहमा बगे लगातार सङ्केत दिने जुन सङ्केत खतराको सङ्केत भएकाले घर छाडी सुरक्षित स्थानतर्फ लाग्नुपर्ने जनाइएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर