Aamsanchar

प्रशनपत्र बाहिर ल्याउने फोटोकपी सञ्चालकसहित दुई जना पक्राउ

Author Image
आइतवार, जेठ २, २०७३

pakrau

राजविराज ।

प्रशनपत्र बाहिर ल्याउने फोटोकपी सञ्चालकसहित दुई जनालाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ ।
आजदेखि सुरु भएको कक्षा ११ को परीक्षाको पहिलो दिनको परीक्षामा राजविराजस्थित प्रिया आर्टस फोटोकपी मार्फत प्रश्नपत्र बाहिर ल्याउने लवन उमावि वभनगामाकट्ठीका कार्यालय सहयोगी भगवती यादव र फोटोकपी सञ्चलक शिवनाराण थलामै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो पसलबाट ‘चिट’, प्रश्नपत्र र फोटोकपीको यन्त्र समेत बरामद गरेको छ । अभियुक्तलाई प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्याालय सप्तरीमा ल्याएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर