Aamsanchar

डोरीले बाँधिएको अवस्थामा जीवन बताउनुपर्ने बाध्यता, सहयोगको अपिल

Author Image
बिहिवार, पौष २६, २०७५

बुधबारे ।

विगत २ बर्ष देखि घर भित्रको खाटमा हातमा डोरीले बाँधिएको अवस्थामा जिवन विताइरहेका एक ११ बर्षिय वालक सहित एक लिम्बु परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले सहयोग गरेको छ । विहिबार बुद्धशान्ति ४ हापेन चोकमा रहेको सो परिवारलाई जोइन्ट हेन्ड युथ सोसाइटीले लत्ता कपडा सहित खाद्यान्य सहयोग गरेको हो ।

शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने ११ बर्षिय आइतराज लिम्बु, उनका ५ महिनाका कान्छा भाई जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन उनी सहित उनकी दिदीलाई जाडोको न्यानो कपडा, २ थान कम्मल र केही खाद्यान्य सहयोग गरिएको जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंले जनाएका छन् । सोसाइटीका अध्यक्ष सञ्जिल प्रसाईं, उपाध्यक्ष अनिल वाग्ले, सल्लाहकार शुशिला तिवारी, सचिव गोकुल पौड्याल, सदस्यहरु केशव तिम्सिना, राम भट्टराई लगायतको उपस्थितिमा परिवारलाई राहत प्रदान गरिएको थियो ।

सेवाको भावनाले खोलिएको जोइन्ट हेन्ड युथ सोसाइटीले सामाजिक सेवाका लागि खरिद गरेको साउन्ड सेटबाट उठेको रकमले उनीहरुलाई सहयोग गरिएको सोसाइटीका उपाध्यक्ष अनिल वाग्लेले जनाएका छन् ।

आर्थिक अवस्था कमजोर रहेको सो लिम्बु परिवार ५ बर्ष अगाडी ताप्लेजुङबाट बसाईसरी सडकको जमिनमा बस्दै आएको स्थानीय महेन्द्र प्रधानले बताएका छन् । ‘ यो परिवारको अवस्था एकदमै नाजुक छ, यो परिवारका मुली मिलन लिम्बुले ५ सन्तान र श्रीमतिलाई ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका छन् ।’– महेन्द्र प्रधान भन्छन् ‘ शारीरिक रुपमा असक्त माइला छोरा र ५ महिने कान्छा छोराको अवस्था देखेर पीडा हुन्छ ।’

पाँच सन्तानकी आमा सुनिताले आर्थिक अवस्था कमजोर भएको र श्रीमान्ले जसो तसो परिवारको पेट पालिरहेको बताएकी छिन् । उनले छोराहरुको अवस्थाले आफूलाई ठूलो पीडा भएको बताएकी छिन् । उनले छोराहरुको उपचार आप्mनो जिवनकै ठूलो इच्छा रहेपनि आर्थिक अवस्थाका कारण भक्कानिएर बस्नु बाहेकको विकल्प नरहेको बताइन् । सुनिताले डाक्टरले उपचार सम्भव रहेको बताएको जानकारी दिइन् ।

विभिन्न सामाजिक सेवा गरिरहेको जोइन्ट हेन्डले साउन्ड सिस्टम भाडा लगाएर उठेको रकमले सहयोग गरेपनि सो सहयोग ज्यादै कम रहेको भन्दै सोसाइटीका कोषाध्यक्ष प्रवेश भट्टराईले सबैलाई सहयोग गर्न अपिल गरेका छन् । आइतराज र उनका कान्छो भाईको स्वास्थ्य उपचार गर्न आफूहरुसँग कुनै उपाय नभएको बताउँदै उनीहरुका आमा सुनिताले उपचारको प्रवन्ध मिल्न सक्दा ठूलो गुन हुने बताइन् । यसैविच जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्तिले सो परिवारको सहयोगका लागि सबै सहयोगी मनहरुसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)