Aamsanchar

जीत सुनिश्चित छ : अध्यक्षका उम्मेदवार ऋषी तिम्सिना

Author Image
शुक्रवार, पौष २७, २०७५

कुशल र स्पष्ट वक्ता, सरल र शालिन व्यक्तित्वका पर्याय ऋषी तिम्सिना एक सफल युवा व्यवसायी हुन् । धुलावारी चोकमा सृजन ट्राफल्स सञ्चालक तिम्सिना शनिवार हुने मेची उद्योग बाणिज्य संघको अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

वर्तमान महासचिव रहेका तिम्सिना आफुले संघमा रहेर गरेको अनुभवलाई थप शसक्त बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताए । साथै संघमा रहेका अधुरा कामहरुलाई पुरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । अध्यक्षका प्रत्यासी रहेका तिम्सिनासँग गरिएको कुराकानीलाई प्रस्तुत गरिएको छ ।

तपाईलाई मत किन दिने ?

यस भन्दा अघिका कार्यकालमा उद्योग बाणिजय संघमा गरेको कामको मुल्याङ्कनको आधारमा आम व्यवसायीहरुको चाहना भनेको नै नेतृत्वका लागि ऋषी अध्यक्ष हुनु पर्छ भन्ने हो ।

मेचीनगरका आम व्यवसायीहरुको साथ सहयोग र सझावका आधारमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हो । लामो समयदेखि व्यवसाय गर्दै आएको र व्यवसायीहरुका हरेक समस्याहरुसँग सधैँ काम गरेकाले पनि उहाँहरुले मलाई हौषला दिएर अगाडी बढाउनु भएको हो । मेरो उम्मेदवारी भनेको व्यवसायीहरुको हकहित र संरक्षणका लागि काम गर्न हो ।

आफ्नो जितमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

म पूर्ण विश्वस्त छु । सबै व्यवसायीहरुको साथ र सहयोग हाम्रो प्यालनलाई रहेको छ । स्थापना समयदेखि कांग्रेसले नेतृत्व गर्दै आएको यस संस्थामा व्यवसायीहरुले भने जस्तो उपलब्धी नपाएपछि त्यसको विकल्पमा सबै व्यवसायीहरुको साथ मेरो नेतृत्वको टिमलाई छ । यस कारण हामी अत्याधिक बहुमतका साथ सिंगो टिमले जित्दैछौँ ।

तपाई त वर्तमान महासचिव पनि हो नि, व्यवसायीहरुको धेरै गुनासो आएको छ नि ?

अध्यक्ष जति धेरै एक्टिभ भयो महासचिव पनि त्यति एक्टिभ हुने हो । कुनै पनि संस्थालाई कसरी चलायमान बनाउने भन्ने कुरा अध्यक्षमा भर पर्छ । तयसकारण जब अध्यक्ष नै प्यासिब बसेपछि महासचिवको के नै भूमिका रहन्छ र । त्यसै पनि गुनासा त आउने नै भए । अब यसलाई चिरफार गर्न नै मेरो उम्मेदवारी हो । अबको ३ वर्षमा काम गरेर देखाउने छु । र कुनै गुनासाहरु रहने छैनन् ।

यदि तपाईले बाणिज्य संघको अध्यक्ष हुनु भयो भने के योजना बनाउनु भएको छ ?

व्यवसायीहरुलाई बाणिज्य संघप्रतिको जुन मोह थियो त्यो अहिले आएर केही नैरास्यता भएको छ । त्यसलाई उर्जा थप्न र पुर्नजागरण गर्नु मेरो मुख्य योजना हुनेछ ।

यसका साथै भारतीय पर्यटकहरुलाई सिमा क्षेत्रमा दिने दुःखलाई निरुत्साहित गर्न, काँकरभिट्टामा आयात निर्यात हुने ठूला तथा साना समस्याहरु हटाउन, इटाभ्ट्टा, बाहुनडाँगी, धुलावारी र चारआली बजारको व्यवस्थापन गर्न, धुलावारीमा रहेको शौचालयको व्यवस्थापन, मुख्य शहरहरुमा पार्किङको व्यवस्थापन गर्न र अपराधिक गतिविधि न्युनिकरण गर्न, भ्याट तथा पान नम्बरमा आउने् समस्याहरुलाई हल गर्न, मुख्य बजार क्षेत्रमा सिसि क्यामारा जडान गर्ने रहेका छन । साथै कृषि मण्डीको अवधारणालाई अघि बढाउने लक्ष्य रहेको छ ।

व्यवसायीहरुको साझा संस्थामा राजनीतिक लडाई हुने गरेको छ नि । यो कत्तिको जायज हो ?

चुनावमा मात्र राजनीतिक करण हो । बाणिज्य संघमा चुनाव लड्दै गर्दा कुनै पनि राजनीतिक दलको समर्थनमा मात्र विजयी हुने भएकाले राजनीतिक दलको समथर्गन लिएर गएको । संस्थामा गइसकेपछि त्यो रजनीतिकको जुत्ता बाहिर खोलेर व्यवसायिक काम गर्ने छौँ । यो राजनीतिक लडाई चुनावी मैदानमा मात्र हो ।

उद्योग बाणिज्य संघप्रति उद्योगी व्यवसायीहरुको खस्कदो मनस्थिति छ नि ? कसरी लिनुहुन्छ ?

हामी नयाँ कार्यकालको सुरुवातसँगै सबै उद्यमी व्यवसायीहरुसँग जोडिने कार्यक्रमहरु ल्याएर अहिले भएको नैरास्यतालाई हटाउनेछौँ । हरेक व्यवसायीहरुको हितका लागि काम गर्नेछौँ । यसै क्षेत्रमा जन्मिएर निरन्तर व्यवसाय गर्दै आएकाले पनि यहाँका हरेह समस्यासँग जानकार छु ।

यी समस्याहरुको निराकरण गर्दै आम व्यवसयाीहरुको व्यवसायिक बृद्धिका लागि काम गर्नेछु । व्यवसायीहरुको छाता संगठनका रुपमा रहेको मेची उद्योग बाणिज्य संघको गरिमालाई थप उचाईमा लैजानका लागि आम व्यवसायीहरुका भावनालाई कदर गर्दै उहाँहरुको व्यवसायिक हितमा काम गर्नेछु ।

मेचीनगर तेस्रो मुलकुसँग प्रत्यक्ष सम्बन्ध जोडिएको क्षेत्र हो । पछिल्लो समय व्यपार घाटा छ । यसलाई सन्तुलन गर्न तपाईको योजना के छ ?

व्यापार घाटालाई कम गर्न कृषि जन्य वस्तुहरुको निर्यातमा जोड दिने तथा बंगलादेश भुटानमा पनि निर्यातलाई प्रर्वधन गर्ने हो भने यो घाटालाई परिपूर्ति गर्न सकिन्छ । यस कारण पहिलो प्राथमिकता भनेको नियौत बढाउने र आयतलाई कम गर्ने हो । यसका सार्थ उद्योगहरु सञ्चालनमा आएका समस्याहरुलाई हल गर्दै यहँ स्थापित उद्योगहरुलाई सहजताका साथ सञ्चालन गर्ने छौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर