Aamsanchar

नगरपालिकालाई एम्बुलेन्स सहयोग

Author Image
शनिवार, पौष २८, २०७५

गोदावरी,

भारतीय राजदूतावासले गोदावरी नगरपालिकालाई एक एम्बुलेन्स सहयोग गरेको छ । गोदावरीमा आज ‘युवा सशक्तीकरण समाज नेपाल र क्षेत्रीय सहकारी सञ्जालको’ संयुक्त पहलमा आयोजित कार्यक्रममा पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई सो एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

गोदावरीमा सञ्चालित १९ वटा सहकारीमा आबद्ध १५ हजार सदस्यले एम्बुलेन्सको माग गरेसँगै राणाले स्वास्थ्य सेवालाई सुलभ बनाउन सो सहयोगको पहल गर्नु भएको हो ।

“साविकको गोदावरीमा सञ्चालित एम्बुलेन्सको व्यवस्थापन सही तरिकाले हुन नसकेका कारण त्यसै थन्काएर राख्नुपरेको छ, गोदावरी नगरपालिकाका प्रमुख महर्जनले भन्नुभयो ।” नगरपालिकाले टौखेलमा छिट्टै ग्यारेज निर्माण गरी नेपाल–भारत सहयोग प्राप्त एम्बुलेन्स सञ्चालन गर्नेछ ।

गोदावरी क्षेत्रीय सहकारी सञ्जालका अध्यक्ष सुनन्द घिमिरेले सदैव सही तरिकाले एम्बुलेन्स सञ्चालन गर्न प्रत्येक सदस्यसँग महीनाको रु १०० रकम उठाएर रु २३ लाखको कोष खडा गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर