Aamsanchar

इलाममा डाक्टर केसीलाई विद्यार्थी थापाको चुनौती / चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा सत्याग्रह

Author Image
शनिवार, पौष २८, २०७५

सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल ,इलाम ।

फरक–फरक माग राखेर इलाम सदरमुकाममा दुई व्यक्तिले सत्याग्रह शुरु गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पारित गरे लगत्तै आफूसंग भएको सम्झौता विपरित समितिले विधिेयक पास गरेको भन्दै डा गोविन्द केसी चार दिनदेखि इलाममा सत्याग्रहमा बसेका छन् ।

उता राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको बैठकले पारित गरेको र संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक पारित हुनु पर्ने माग सहित इलामा नै सामाजिक अभियन्ता एवम् विद्यार्थी विजय थापाले पनि सत्याग्रह शुरु गरेका छन् ।

उनले शुक्रवारवाट सत्याग्रह शुरु गरेका हुन् भने केसीले पुस २५ गतेबाट सत्याग्रह शुरु गरेका हुन् । परस्पर विरोधी माग राखेर इलाममा दुई व्यक्तिले छुट्टा छुट्टै स्थानमा सत्याग्रह शुरु गरेसंगै इलामवासी भने अलमलमा परेका छन् ।

डा केसीले संघीय संसद प्रतिनिधि सभा नियमावली २०७५ को १८१ धारा अनुसार समितिको वैठकले वहुमतका आधारमा विधेयक पारित गरेसंगै डा केसी सरकार विरुद्ध अनसनमा उत्तिएका हुन् । उनले यस अघि १५ औं अनसनको क्रममा आफूहसंग भएको सहमति अक्षरस पालना नगरेको भन्दै सरकारको आलोचना समेत गरेका छन् । डा केसीले आफूसंग भएको सहमति विपरित विधेयक समितिवाट वहुमतका आधारमा पारित हुनु दुखद् भएको बताएका छन् ।

उनी इलाम सदरमुकामको फूलगाछीस्थित आफ्ना समर्थकको घरमा सत्याग्रहमा वसिरहेका छन् । शनिवार आफ्ना सहयोगी मार्फत पूर्वाञ्चलकर्मीसंग बोल्दै सरकारले तत्काल विधेयक नसच्याएसम्म अनसन नछाड्ने अडान राखेका छन् ।

सरकारसँगको सम्झौता कार्यान्वायन नगरेको भन्दै १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थमा थप समस्या देखिएको इलाम अस्पतालका चिकित्सक डा व्रिजेन्द्रकुमार साहाले बताए । उनले भने–‘ बिहीबार रातिदेखि छाती दुख्ने र पसिना आउने समस्या देखिएकाले डा केसीको स्वास्थ अवस्था थप बिग्रँदै गएकोे छ ।’

उनलाई शरीर दुख्ने र हलचल गर्न समस्या भएको सहयोगी डाक्टर रामकृष्ण आचार्यले जानकारी दिए । डा. केसीलाई शौचालय पनि समातेर लानु पर्न आवस्था आएको उनको भनाई छ ।

शुक्रबारसम्म भुँईमा सुतेका केसीलाई सत्याग्रहको चौथो दिन शनिबार विहानैदेखि बेडमा सारिएको छ । उनको रगतमा ग्लोकुजको कमी देखिएको डा साहाले बताए । उनका अनुसार डा. केसीको ब्लडपे्रसर निक्कै कम भएको र ग्लोकुजको मात्रा पनि कम भएको छ । सत्याग्रह बसेका डा केसीले ६ बुदे माग अघि सारेका छन् । उनले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गर्न माग गरेका छन् । यस अघि शिक्षा विधेयकका २२ बुदा संसोधन गर्ने सहमती भएको थियो ।

केसी गत असार १६ गते १५ औँ सत्याग्रह जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बसेका थिए । पछि सरकारले उनलाई उपचारका लागि भन्दै काठमाडौं ल्याएको थियो । डा. केसीको १५ औँ अनसन २७ दिनमा तोडिएको थियो ।

यता सामाजिक अभियन्ता थापा इलाम सदरमुकामस्थित लाकुरी चौतारामा सत्याग्रका लागि वसेका छन् । उनले नेपालमा एमडी तथा पीजी क्लासको कोटा कम्तीमा १५ सय पु¥याउने व्यवस्था तत्काल गर्न, काठमाडौं उपत्याका वाहिर देशभरी नै मेडिकल कलेज खोल्न वातावरण निर्माण गर्न प्लसटु सम्मको उच्च शिक्षा निःशुल्क अध्यापन गर्ने वातावरण व्यवस्था गरी शिक्षा र स्वास्थ्य अध्ययनका नाममा वर्सेनि ७० अर्ब रुपैयाँ विदेसिने भन्दै तत्काल रोक्न सरकारसमक्ष माग गरेका छन् ।

उनले सरकारी तलव सेवा सुविधा लिएर राजनीतिक गर्ने सरकारी कर्मचारीलाई तत्काल सरकारी सेवावाट वर्खास्त गरी कडा कारवाही गर्न , वंगलादेशमा डा पढेर फर्कने क्रममा त्रिभूवन विमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जना डा. हरुको परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने ,वैडलादेशमा अध्ययनरत नेपाली डा. कालो सूचीमा परेको र त्यहाँका कलेजहरुबाट ठगिएको भन्दै त्यसको सम्मान जनक व्यवस्था गर्न सरकारसंग माग गरेका छन् ।

उनले सरकार समक्ष विभिन्न ९ वुँदे माग राखेर सत्याग्रह शुरु गरेका हुन् । उनको सत्याग्रहमा विद्यार्थीहरुको समर्थन बाक्लिदै गएको छ । चौक वजारमा रहेको उनको सत्याग्रह स्थलमा विभिन्न जिल्लाबाट सर्मथकहरुको आउनेक्रम बढ्दै गएको उनका सहयोगी दीलिप यादवले जानकारी दिए ।

दुवै सत्याग्रहमा कुनै अराजकता ननिम्तियोस भनेर जिल्ला प्रहरी कार्यालय इलामले सुरक्षा व्यवस्था कडा बनाएको छ । दुई दिनदेखि सत्याग्रहमा रहेका थापाले आफूलाई केही सन्चार माध्ययमले केसी विरुद्धको आन्दोलन चित्रित गरेको भन्दै उनले आफूले केसी विरुद्ध सत्याग्रह नथालेको प्रष्ट पारेका छन् । विधि र प्रक्रिया विरुद्धमा मैले सत्याग्रह शुरु गरेको र आफ्नो जन्मस्थलपनि इलामै भएकाले आफू इलाम आएर सत्याग्रह शुरु गरेको बताएका छन् ।

उता डा केसी सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रूत गतिमा अघि बढाउनुपर्ने माग अघि सारेका छन् । पूर्वीपहाडको ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुमलगायतका जिल्लाका नागरिकलाई उपचारका लागि पायक पर्ने स्थान इलाम भएकाले इलाममा सरकारी मेडिकल कलेज खोल्नुपर्ने उनको धारणा छ । त्यस्तै भोजपुर, ओखलढुंगा, खोटाङ, सप्तरीलगायतका जिल्ला समेटेर उदयपुरमा, पश्चिमी पहाडका जिल्ला डडेलधुरा, बैतडी, बझाङ जिल्ला समेटेर डोटी÷डडेलधुरामा अविलम्ब मेडिकल कलेज तथा अस्पताल खोलियोस् भन्ने उनको माग छ ।

गत साउन ११ गते हत्या गरिएको अवस्थामा फेला परेकी कन्चनपुरकी निर्मला पन्तको मुद्दालाई पनि उनले उठाएका छन् । बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुका साथै प्रमाण लोप गर्ने, झूटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या र अंगभंग गर्ने व्यक्तिमाथि तत्काल फौजदारी मुद्दा चलाउन माग गरेका छन् । डा. केसीका समर्थककले उनको बचाउगर्दै इलामममा शनिवार सर्मथन ¥याली निकालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर