Aamsanchar

लिपस्टिकबारे रोचक तथ्य

Author Image
बिहिवार, माघ ३, २०७५

एजेन्सी,

प्रायः महिलाहरुले सुन्दरताको लागि प्रयोग गर्ने लिपस्टिक लालीका बारे धेरै तथ्य कमैलाई थाहा हुन सक्छ । आजभन्दा पाँच हजार वर्ष पहिलेदेखि लिपिस्टिक लगाउने परम्पराको सुरुआत भएको इतिहासकारहरुले उल्लेख गरेका छन् ।

त्यस समयमा लिपिस्टिक सुन्दरताको लागि नभइ विवाह गरेका महिलाहरुलेमात्र समाजमा आफ्नो पहिचानको लागि लगाउने गर्दथे । सम्पति, इज्जत र प्रतिष्ठाअनुसार पुरुषहरुले पनि लिपस्टिक लगाउने गदर्थे । पुरुषहरुले विशेषगरी आँखा र निधारमा विभिन्न आकृति बनाइ लिपस्टिक लगाउने गर्दथे भने महिलाहरुले ओठमा लगाउँथे ।

‘मेसोपोटामियाको’ सभ्यताबाट सुरु भएको लिपस्टिक परम्पराको थालनी गर्ने श्रेय भने इजिप्टको महारानी क्लियोपेट्रालाई बढी दिइन्छ । महिलाहरुले आफ्नो सुन्दरता देखाउन लिपस्टिकअनिवार्य हुन्छ भन्ने धारणा उनैले स्थापित गरेकी थिइन् ।

महारानि क्लियोपेट्राले लगाउने लिपिस्टिक कारकाइन बिटल अर्थात् गोब्रेकिरा र कमिलालाई मारेर बनाइएको प्राकृतिक रङबाट बन्ने गर्दथ्यो । यस्तो रङ रातो गाढा हुने गर्दछ । त्यतिखेर लिपस्टिक लगाउनाले बिहानको खाना खाइसकेको संकेतकोरुपमा बुझिन्थ्यो । त्यस्तै, महिलाहरुले कालो रङको लिपस्टिक लगाउनुको अर्थ कसैसँग नबोल्ने भन्ने संकेतकोरुपमा बुझिन्थ्यो ।

म्यानचेस्टर विश्वविद्यालयको अध्ययनअनुसार एक महिलाले सरदर आफ्नो जीवनकालभरि दुई लाख रुपैयाँ बराबरको लिपस्टिक किन्छन् । त्यस्तै, एक महिलाले एकपटकमा लिपस्टिक लगाउन सरदर सात सेकेन्डको समय खर्च गर्छन् । संसारको सबैभन्दा महँगो ‘गुएरलैन्स किसकिस गोल्ड’ नाम गरेको लिपस्टिकको नेपाली मूल्य करिब ६२ लाख रुपैयाँ छ । यसमा ११० ग्राम सुन र १९९ ओटा हिरा राखेर बनाइएको छ ।

अमेरिकामा सन् १९१२ मा महिलावादी एलिथावेथ क्याडिर र उनका साथीहरुले निर्वाचनमा महिला उम्मेदवारलाई जिताउन पहिलोपटक ‘लिपस्टिक आन्दोलन’को सुरुआत गरेका थिए । जुन अहिले पनि ‘नेसनल लिपस्टिक डे’कोरुपमा मनाइने गरिन्छ ।

संसारका ७० प्रतिशत महिलाहरु लिपस्टिक नलगाइ कुनै कार्यक्रममा उपस्थित हुँदैनन् । अहिले बन्ने गरेका गुणस्तरीय लिपस्टिकमा पनि विभिन्न प्रकारका किराहरुलाई मारेर उनीहरुको शरीरबाट निस्कने प्राकृतिक रङहरु मिसाइन्छ । जसमा सबैभन्दा बढी माछाको प्रयोग हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर