Aamsanchar

भाजपा अध्यक्ष अमित शाहलाई स्वाइनफ्लु

Author Image
बिहिवार, माघ ३, २०७५

भारत ।

सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई स्वाइनफ्लु भएको छ। स्वाइनफ्लुका कारण उनी हाल दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएर उपचार गरिरहेको उनले आफ्नो ट्वीट बाट जानाकारी दिएका छन्।

उनले ट्विटमा भनेका छन् ‘ मलाई स्वाइनफ्लु भएको छ जसले गर्दा उपचार गरिरहेको छु ईश्वर को कृपा,सबैको प्रेम र सबैको शुभकामनाले शीघ्र स्वस्थ हुनेछु।’

यसै सन्दर्भमा भाजपा पूर्वअध्यक्ष एवं भारतका गृहमन्त्री राजनाथ सिहंले ट्वीटमार्फत उनको स्वास्थ्यलाभको कामना गरेका छन्।

यस्तै केन्द्र सरकारका अर्थमन्त्री अरुण जेटलीलाई पनि स्वास्थ्यमा समस्या देखिएको छ। ६६ वर्षीय जेटली उपचारको लागि अमेरिकामा छन्। मिर्गौला प्रत्यारोपण गरेका जेटली नियमित चेकअपका लागि अमेरिका पुगेका हुन्। जेटली अस्वस्थ भएको खबर बाहिरएपछि भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले उनको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर