Aamsanchar

डा. केसीको अनशनबारे प्रधानमन्त्री : ‘म जे भन्छु त्यै हुनुपर्छ’ भन्न मिल्दैन

Author Image
शुक्रवार, माघ ४, २०७५

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षाको विषयलाई लिएर डा.गोविन्द केसीसँग भएका सम्झौता अनुसार गर् भनेर संसदलाई आदेश दिन नसक्ने बताएका छन्।

डा. केसीको १६औँ अनशन जारी रहेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर भएकाले शुक्रबार बिहान ३ बजे इलामबाट काठमाडौं ल्याएर उपचार भइरहेको छ। उनको अनशन पुस २५ यता जारी रहेको छ। सरकार र डा. केसीबीच १५औँ अनशन अन्त्य गर्ने क्रममा भएको सम्झौता पालना गर्न र संसदको शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको प्रतिवेदन खारेज गर्न कांग्रेस सांसद गगनकुमार थापाले गरेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन्।

थापाले सरकार र डा। केसीबीच भएको सम्झौतालाई पालना गर्न एवं आफैले दिएको बाचा पूरा गरेर प्रधानमन्त्री संस्थामाथिको विश्वास कायम राख्न प्रधानमन्त्री तयार हो कि होइन भनेर प्रश्न गरेका थिए। प्रधान्मन्त्रीले डा। केसीको अनशन एउटा सिलसिला भएको बताए।

उनले संसद र संसदीय समिति सार्वभौम सत्ता सम्पन्न जनताका प्रतिनिधि भएकाले आफूले केही निर्देशन दिन नसक्ने बताए। उनले संसद सरकार गठन वा परिवर्तन गर्न सक्ने अधिकार भएको संस्था भएको पनि स्मरण गराए। ुसंसदको अधिकारप्रति, सर्वोच्चताप्रति, सार्वभौम जनताको हैसियतप्रति, संसदको विधि निर्माणमा स्वतन्त्र हैसियतप्रति नतमस्तक छु। म यसको सम्मान गर्छुु, प्रधानमन्त्री ओलीले भने, ुसंसदलाई म निर्देश दिन सक्दैन।

सरकारका कामलाई संसदमा पठाइन्छ, तिनलाई पनि हुन्न भनेर संसदले भन्न सक्ने अधिकार राख्छ। विधि निर्माणमा संसदलाई धकेल्न सक्दैन। बहुमत छ भन्दैमा त्यसो गर्न मिल्दैन। बहुहमत छ भन्दैमा संसदीय सर्वोच्चतालाई थिचोमिचो गर्न सक्दैन। संसदलाई आदेश दिन सक्दैन।

म आग्रह गर्न चाहान्छु सरकारले गरेको सम्झौता कार्यान्वयन गरिदिनुस् तर आदेश दिन सक्दैन।’प्रधानमन्त्री ओलीले एकजना अनशन बसेपछि देशै बन्धक हुने, कानुन, तर्क, तथ्य, राष्ट्रका आवश्यकताले काम नगर्ने र ‍औचित्यका मार्ग बन्द हुने अवस्था आउन नहुनेु बताए। प्रधानमन्त्रीले ‘व्यक्तिको अनशन सर्वोच्च हुन्छरु व्यक्तिको अनशन बसेपछि सबै पछि पर्ने ?’ भनेर प्रश्न गरेका थिए।

उनले केसीसँग यसअघि पनि सम्झौता भएको र कार्यान्वयन नभएको स्मरण गराएका थिए। उनले विधि र कानुनभन्दा कोही पनि माथि नभएको भन्दै आफूलाई नै सर्वोच्च भन्न नमिल्ने बताए।–थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)