Aamsanchar

विवाह मण्डपमै गोली चल्यो, बेहुली भइन् घाइते

Author Image
शुक्रवार, माघ ४, २०७५

काठमाडौं ।

भारतको दिल्लीमा विवाह चलिरहेका बेला गोली चलेको छ । सो घटनामा मण्डपमा रहेकी बेहुली घाइते भएकी छन् । गोली लागे लगत्तै अस्पताल लगेर उपचार गरि फेरि विवाह मण्डपमै ल्याएर वैवाहिक कार्यक्रम सम्पन्न गरिएको छ ।

शकरपुरको शिव मन्दिर धाम स्थित मडावलीमा रहने पूजा र गीता कालोनीका फूल कारोबारी भरतको विवाह थियो । जयमालाका क्रममा बेहुला बेहुली स्टेजमा पुग्ने बित्तिकै अचानक गोली चल्यो । खुट्टामा गोली लागेपछि बेहुली ढल्न पुगिन् ।

घटनापछि त्यहाँको माहोल गम्भीर बन्यो । परिवार र आफन्तजनहरुमा रुवावासी चल्यो । प्रहरीले यो घटनामा धेरै व्यक्तिलाई सोधपुछ गरेपनि अभियुक्त पक्राउ गर्न सकेको छैन । यसैबीच बेहुलीले हिम्मत देखाएर विवाह पूरा गर्ने बताएपछि उनलाई फेरि मण्डपमा ल्याइयो । उनले परिवार र डाक्टरलाई विवाहका लागि मन्दिर लैजान भनेकी थिइन् ।

सुरुमा अनुमति नदिएका डाक्टरहरुले पछिअनुमति दिएका थिए । त्यसपछि घाइते अवस्थामै उनको विवाह भएको छ । प्रहरीले गोली हर्ष फायरिंगका क्रममा चलेको अनुमान गरेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर