Aamsanchar

१२ वर्षीया बालिका बलात्कार गर्ने सार्वजनिक

Author Image
शुक्रवार, माघ ४, २०७५

बाजुरा।

एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

सतचालिस वर्षका थापाले अपराध स्वीकार गरेकाले पत्रकार बुधबार सम्मेलनमार्फत सार्वजनिक गरिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । थापाले आफ्नै नाता पर्ने बालिकालाई भैँसी गोठमा लगी मुख छोपेर बलात्कार गरेक थिए । थापाले रिठा बजार बाह्रबीसेमा थापा होटल सञ्चालन गर्दै आएका थिए ।

अभियुक्त थापाबिरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) को (ख) बमोजिम मुद्दा दायर गरिने प्रहरीले जनाएको दिने बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर