Aamsanchar

खाल्डोमा जमेको पानीमा डुबेर झापामा १८ महिने बालकको मृत्यु

Author Image
शुक्रवार, माघ ४, २०७५

झापा।

झापाको शिवसताक्षी नगरपालिका-५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसाे   गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको खाल्डोकाे पानीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

खाल्डाेकाे पानीमा डुबिरहेको अवस्थामा बालक  आफन्तले  फेला पारेपछि  तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाकाे बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)