Aamsanchar

चारपानेमा तीनवटा सवारी जुध्यो, पाँच जना घाइते

Author Image
शुक्रवार, माघ ४, २०७५

बिर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्तरग झापाको चारपानेमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को ३४ प ९९०८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बा १७ च १४९३ नम्बरको कारले ठक्कर दिदाँ विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १७३३ नम्बरको बससंग कार जुध्दा पाँच जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

सवारीले आफ्नो नियन्त्रण गुमाउदाँ तीनवटा सवारी एकआपसमा ठक्कर खानपुगेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार कारमा सवार पाँच यात्रु सामान्य घाइते भएको र उनीहरुको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लएको जनाइएको छ । दुर्घटनाको कारण पुस्चिम लोकमार्गमा सायौंको संख्यामा रोकिएका सबारीलाई दुर्घटना भएको १५ मिनेट भित्रमा सडक खुल्ला गराई सवारी आवगमनलाई सहज वनाईएको जिल्ला ट्राफिक झापाका प्रमुख राजेश राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर